मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

रुमानी आरोहीद्वारा पिक–५ को सफल आरोहण

शुक्रबार, २६ कात्तिक २०७३, ०७ : ४६
शुक्रबार, २६ कात्तिक २०७३

काठमाडौं – मकालुको पूर्वी उत्तर क्षेत्रमा पर्ने (६,४२१ ) मिटर अग्लो पिक–५ को पहिलो पल्ट साहसिक आरोहण भएको छ ।

रुमानी दुई नागरिक भ्लाड कप्सन lVad Capusan र जेसोल्ट टोर्क Zsolt Torok ले पहिलो पल्ट पिक आरोहण गरेका हुन । उनीहरुले कार्तिक १५ (अक्टोबर ३१) का दिन दिउँसो २ बजेर १० मिनेटमा सफल आरोहण गरेका थिए ।

सरकारले सन् २००३ मा ‘अन क्लाईमेड’ पिक–५ को रुपमा यो चुलीलाई सूचिकृत गरेको थियो । योजस्ता एक सय बढी अफ्ठ्यारा नचडिएका पिक सूचिकृत भएपनि यो विचमा धेरै पिक आरोहण भएको र तीनको नामाकरणसमेत नभएको बताईन्छ ।

स्नोवे होराईजन ट्रेक्स एन्ड एक्सिपीडिसन कम्पनीबाट गएको रुमानी टोलीले पहिलो पल्ट अफ्ठ्यारो पिक आरोहण गरेको कम्पनीका सञ्चालक बोधराज भण्डारीले बताए ।

नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा रुमानी आरोही द्वय कप्सन र टोर्कले युवा आरोही टीमले पहिलो पटक पिक आरोहण गर्न पाउँदा अत्यन्तै खुसी र गौरवको विषय भएको भन्दै यसले पर्वतीय पर्यटनमा विश्वभर सकारात्मक सन्देश प्रवाह हुने बताए ।

पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्रकुमार श्रेष्ठले आरोहणका सबै कागजात अध्ययन भइरहेकाले चाँडै आरोहण प्रमाणपत्र दिइने जानकारी दिए ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुदन सुवेदीले हालसम्म नचडिएको (भर्जिन पिक) आरोहण सफलतासँगै पर्वतीय पर्यटनमा नयाँ आयाम थपिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप