मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

धामी वेपत्ता हुँदा पत्ता लागेको गुफा ओझेलमा

मङ्गलबार, ३० कात्तिक २०७३, १० : ५७
मङ्गलबार, ३० कात्तिक २०७३

दाङ – तुलसीपुर १ राम्री स्थित भैरमथान गुफा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । स्थानिय नन्दबहादुर पुन (झिल्के) ले सन् १९५२ मा पाँच दिन सम्म वेपत्ता झाँक्रि भइ निस्केको दिनदेखि गुफा पत्ता लागेको स्थानिय ६२ बर्षका महलाल रासकोटीले जानकारी दिए । उतिनै वेला देखि गुफावाहिर नर्सिङ भैरम थानको मन्दिर वनाएर मगर समुदायका मान्छेकरुले पुजापाठ गर्न थालेको उनले बताए । भैइरमथान गुफामा प्रत्येक बर्ष जेठको जेठो मंगललबार र मंसीर महिनाको जेठो मंगलबार मेला लाग्ने गरेको रायपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कलीभान रोकाले जानकारी दिए । गुफाभित्र विभिन्न भगवानको आकृती, १९ वटा कुम्भका मूर्ति गाईको थुन, देख्न सकिन्छ भने हरियो रातो अन्डाकार रङमा रहेको ढुङ्गाले ठटाउदा गुफा भित्रका ढुङ्गा दमाह जस्तै बज्ने गर्छन् । समुद्र सतह देखि दुइ हजार उचाइको फिटमा रहेको गुफा ३०÷४० मिटरको गहिराइमा रहेको स्थानिय इन्द्रबहादुर पुनले जानकारी दिए । गुफा भित्र गएर हेरेमा मान्छे ओलप्पिन्छन् भन्ने सोचाइका कारण स्थानिय समूदायले विगत लामो समय देखि प्रवेशमा रोक लगाएका थिए । धामी नन्दबहादुर पुनका झनाती इन्द्रबहादुर गुफाभित्र पसेर दृश्यावलोकन गरेर फर्किए पछि पछिल्लो समय स्थानियमा प्रचारप्रासर गर्ने सोच आएको हो । विभिन्न रोगव्याध लागेका मान्छे त्यहाँ गएर पुजा गेरमा निकोहुन्छ भन्ने धार्मिक विश्वासका कारण बर्षमा दुइपटक त्यहाँ ठूलो मेला लाग्ने गरेको नेपाली कांग्रेस इकाई सभापति खेमलाल महताराले बताए । ऐतिहासीक धरोहरका रुपमा रहेको गुफालाई संरक्षण गरि पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न त्यहाँका स्थानियले सम्बन्धित निकाय संग माग गरेका छन् । यता दाङजिल्ला पर्यटन विकास समितिले गुफा पत्ता लागेको कुरा पहिलो पटक जानकारी पाएको बताएको छ । गुफाको विषयमा पहिलोपटक जानकारी आएको बताउदै दाङ जिल्ला पर्यटन विकास समितिका सदस्यसचिव डा.गोविन्द केसीले एक हप्ताभित्र त्यहाँ पुगी वास्तविक अवस्था वुझेर समितिमा छलफल गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप