मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पर्यटन प्रवद्र्धनका लागि सञ्चारकर्मीको अवलोकन पदयात्रा

बिहीबार, ०२ मङ्सिर २०७३, १८ : ३८
बिहीबार, ०२ मङ्सिर २०७३
प्यूठान– उत्तरी प्यूठानको विभिन्न पर्यटकीय स्थलहरुको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले ४ दिने अवलोकन भ्रमण पदयात्रामा हिडेका पत्रकारहरुको टोली बुधवार मात्र सदरमुकाम फर्केका छन् । उत्तरी प्यूठानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास र विस्तारका लागि निर्माण कार्य थालिएको जिल्लाकै पहिलो करिव ४५ किलोमिटर लामो पदमार्गबाट सम्भावित क्षेत्रहरुको अवलोकन गरिएको हो । मच्छि ढाँडबाट पदयात्रा शुरु गरी लिवाङ गाविसको दिहाल्ना–टिमुरचौर, पुँजा ३ वाग्लिवाङमा दलित वस्तीमा सञ्चालन भएको होमस्टे र तामाखानीको अवलोकन गर्दै रजवाराको झाँक्रिढुङ्गा, तिखाचुली हुंदै बाग्लुङसंग जोडिएको नाङ्गी लेकमा पुगि अर्खाको वाइसमुल झरना र गौमुखीको अवलोकन गरी उक्त टोली समदरमुकाम फर्केको हो । नेपाल पर्यटनबोर्ड भृकुटी मण्डव काठमाण्डांैबाट २५ लाख रुपैया सहयोग भएपछि सो क्षेत्रका स्थानियहरुले उपभोक्ता समिति बनाइ पदमार्ग कार्य थालेका थिए । जिल्लाकै महत्वपूर्ण धार्मिक स्थलहरु र अत्यधिक अवलोकन गर्न उचित ठाउँहरुलाई समेटेर निर्माण गरिएको पदमार्गले पर्यटकीय गन्तव्यहरुको पर्वद्धन गर्ने विश्वास लिएको पत्रकार महासंघ प्यूठानका जिल्ला सचिव एवं पदमार्ग उपभोक्ता समितिका अध्यक्ष महाविर रानाले बताए । ‘पदयात्राबाट गौमुखी क्षेत्रमा रहेका महत्वपूर्ण पर्यटकीय स्थलहरुको अवालेकन गर्न सकिन्छ,’– अध्यक्ष महाविर रानाले भने–‘जिल्लाको विकास क्षेत्रको लागि उत्तरी प्यूठान कोशे ढुंगाको रुपमा सावित हुनेछ ।’ यस वजेट अभावले गर्दा अर्खा सम्म मात्र पदमार्ग निर्माण भएको र आ.व.मा ट्रयाक खोली पुरा गरिने अध्यक्ष रानाको भनाइ छ । नेपाल पत्रकार महासंघका अध्यक्ष गिरु प्रसाद भण्डारीको नेतृत्वमा जिल्लाका १३ जना पत्रकारहरु पदयात्रामा सहभागि भएका थिए । अवलोकन पदयात्रामा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञामुराम न्यौपाने र तुलस बस्नेत सहित स्थानीयहरुको पनि सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप