मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लम्साल र थापा पर्यटन सद्भावना दूत

शुक्रबार, ०३ मङ्सिर २०७३, २० : १५
शुक्रबार, ०३ मङ्सिर २०७३
  काठमाडौँ – नेपाल पर्यटन बोर्डले पर्यटन व्यवसायी मोहन लम्साल र मिस टुरिज्म ओरुसा थापा मगरलाई सद्भावना दूतमा मनोनयन गरेको छ ।   बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले मनोनीतद्वयलाई बिहीबार सद्भावना दूत मनोनयनपत्र प्रदान गरे  । सद्भावना दूतमा मनोनीत दुवै बोर्डले सञ्चालन गर्ने प्रवद्र्धनात्मक गतिविधिमा सहभागी हुनेछन् ।   बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले पर्यटन प्रवद्र्धनका लागि सद्भावना दूतको महत्वपूर्ण भूमिका हुने बताए  । सद्भावना दूत नियुक्त भएपछि लम्साल र मगरले आफू बोर्डको आचारसंहितामा रही पर्यटन व्यवसायीसँग समन्वय गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा जुट्ने बताए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप