बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बिहीबार, १८ माघ २०७४, ०६ : ०७
बिहीबार, १८ माघ २०७४

आजको राशिफल
बि.स.२०७४ माघ १८ गते । बिहिबार । ईश्वी सन् २०१८ फेब्रवरी ०१ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । फाल्गुन कृष्ण पक्ष । तिथि प्रतिपदा २६ घडी ३१ पला,बेलुका ५ बजेर २९ मिनेट उप्रान्त द्धितिया । नक्षत्र अष्लेषा २५ घडी १७ पला,बेलुका ५ बजेर ० मिनेट उप्रान्त मघा । योग सौभाग्य ४५ घडि २८ पला,रातको  १ बजेर ४ मिनेट उप्रान्त शोभन  । करण कौलव,बेलुका ५ बजेर २९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा अमृत योग । 

चन्द्रराशि कर्कट,साझको ५ बजे उप्रान्त सिंह । शुक्र पश्चिममा उदय बिहान ८ बजेर ५७ मिनेटमा ।

काठमाडौंमा सूर्योदय ६ बजेर ५३ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ४३ मिनेट । दिनमान २७ घडी ०६ पला । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफ्नो भन्दा अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम भने थाति रहनेछ । आत्मिय मित्र तथा साथिभाईहरुको गलत सल्लाह मान्दा फन्दामा पर्न सकिन्छ ध्यान दिनहोला । व्यापार व्यावसायमा प्रशस्त समय दिनुपर्नेछ भने कृषि तथा सहकारि क्षेत्रमा समय लगानि गरि मनग्गे आम्दानि हुँनेछ । साझपखको समय राम्रो रहेकोले पढाई लखाईमा प्रगति गर्न सकिनेछ भने नया ठाउबाट प्रेम प्रस्ताब आउनेछ ।

शुभ अंक — २  

शुभ रंग — कफि

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) दाजुभाई तथा छिमेकिहरु सँग आन्तरिक बिषयमा मनमुटाव बढ्नेछ भने सत्रले दुख दिनेछन् । अदालत तथा न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँन सक्छन् ध्यान दिनुहोला । माया प्रेममा सामान्य मनमुटाव तथा पति पत्निबिच अबिश्वास बढ्न सक्छ । पढाई लेखाईमा ध्यान नजादा नतिजा बिग्रन सक्छ ध्यान दिनुहोला । साझपख आफन्तसँग टाडिएर लामो यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ ।

शुभ अंक — ५   

शुभ रंग —   प्याजी

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्याबसाय फस्टाएर जाने तथा नयाँ नयाँ आम्दानिका स्रोतहरु फेला पर्नेछन् । बोलिको प्रभाव बढ्ने तथा बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । मिष्टान्न भोजन, उत्तम बस्त्र तथा उपाहार हात लाग्ने योग रहेकोछ । कार्यक्षेत्रमा तपाईको कामदेखेर सबैजना प्रशन्न हुँनेछन् । प्रेममा सुमधुरता बढेर जाने तथा पति पत्निबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । साझपख छोटो दुरिको रमाईलो यात्रा हुनेछ ।

शुभ अंक — ३

शुभ रंग — हरियो

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समाजको पक्षमा काम गर्न सकिने तथा शुरु गरेका कामहरु समयमा सम्पन्न हुँने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो नतिजा हात लाग्ने हुँनाले मन प्रशन्न रहनेछ । स्वास्थ्य सबल हुँने हुँनाले काम गर्न आट आउँनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न सकिनेछ ।

शुभ अंक — ४

शुभ रंग — सुन्तला

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाति रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा औषधि उपचार खर्च बढ्न सक्छ । स्वदेशि व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने बिदेशमा उत्पादित बस्तुको व्यापार फस्टाएर जानेछ । साझपख समय राम्रो रहेकोले पढाई लेखाईमा सुधार भएर जानेछ भने नया प्रबृधिको प्रयोग मार्फत आम्दानिका स्रोत बढाउन सकिनेछ ।

शुभ अंक —६

शुभ रंग —  रातो

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ । व्यापार व्यावसायमा समय दिनुहोला मनग्गे रुपैया पैसा कमाउँने समय रहेको छ । माया प्रममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवनमा सामान्य बिवाद सिर्जना हुनेछ । रमाईलो बाताबरणमा दिन बित्ने तथा अरुकै प्रायोजनमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । चिठ्ठा तथा उपाहार प्राप्तिको योग रहेको छ । साझपख लामो दुरिको यात्राको तय गर्न सकिनेछ ।

शुभ अंक — ३  

शुभ रंग  — निलो

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) सरकारि तथा प्रशासनिक काम गर्दा झन्झट बेहोर्नुपर्नेछ भने सरकारि ओहोदामा बसेर सेवा प्रबाह गर्नेहरुले दुख दिन सक्छन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिय पनि आम्दानि कमै हुँनेछ । पढ्न लेख्नमा मन नजाने हुँनाले अरुभन्दा पछि पर्ने अधिक सम्भावना रहेकोछ । साझपखको समय उत्तम रहेकोले दाजभाई तथा आफन्तको सहयोग पाईनेछ । घरका आवस्यक्ताहरु पुरा गर्न सकिने हुदा मन खुसि रहनेछ ।

शुभ अंक — ३

शुभ रंग — सेतो

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समाजसेवा तथा कल्याणकारि काममा दिन बित्ने योग रहेकोछ । राजनिति तथा सरकारि काममा सफल भई नाम कमाउँन सकिनेछ । धर्ममा मन जाने हुँनाले धार्मिक स्थल तथा पन्दिर तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । खोज तथा अनुशन्धानमा गरिएको लगानि बाट भनेजस्तो नतिजाको अपेक्षा गर्न सकिनेछ । प्रीय पात्रलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन प्रशन्न रहनेछ ।

शुभ अंक — ५

शुभ रंग  — रातो

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिभिन्न समस्याहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ भने यहि बेलामा आफन्त तथा शुभचिन्तकहरु टाडिनेछन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिदा पनि भनेजस्तो नतिजा हातलागि नहुँदा काम गर्ने जोस जागर हराएर जानेछ । साझपखको समय राम्रो रहेकोले माया प्रेममा सामिप्यता बढेर जानेछ । समयले साथ दिने हुदा सानो प्रयत्नले राम्रा काम गर्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिर गई टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ ।

शुभ  अंक — ३ 

शुभ रंग —  सुन्तला

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय दिएर चित्त बुझ्दो उलपब्धि हासिल गर्न सकिनेछ । साझेदारि व्यावसायबाट भनेजस्तो नाफा कमाउँन सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजनका साथ समय कटाउँन सकिनेछ । साझपख माया प्रेममा खटपट आउनेछ भने भौतिक सम्पति प्रयोग गर्दा ध्यान दिनुपर्ने समय रहेकोछ ।

शुभ अंक — २

शुभ रंग — हरियो

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) अदालत तथा न्यायिक निकायबाट हुँने निर्णयहरु तपाईको बिपक्षमा आउँने हुँनाले कुनै पनि मुद्दा मामिलामा सामेल नहुँनु होला । स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँनाले खानपानमा ध्यान दिनुहोला । अध्ययन अध्यापनमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । साझपख सयम राम्रो रहेकोले व्यापार व्यावसाय फस्टाएर जानेछ भने मन परेको मानिस सँग रमाईलो यात्राको तय गर्न सकिनेछ ।

शुभ अंक —३  

शुभ रंग — खरानि

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामो समयदेखि थाति रहेको तथा रोकिएर बसेका कामहरु सम्पन्न हुनेछन् । आकश्मिक धन तथा स्थाई सम्पति लाभ हुँने योग रहेकोछ । अध्ययन तथा अध्यापनमा प्रगति भएर जानेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अध्ययनको शिलशिलामा लामो दुरिको यात्रा हुन सक्छ । प्रतिष्पर्धिहरु लाई किनारा लगाउदै समाजमा आफ्नो बर्चस्व कायम गर्न सकिनेछ ।

शुभ अंक — ३

शुभ रंग — पहेलो

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप