मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यी हुन् विश्वका उत्कृष्ट १० एयरलाइन्स

आइतबार, ०५ मङ्सिर २०७३, १५ : ०३
आइतबार, ०५ मङ्सिर २०७३

न्युयोर्क – न्युजिल्याण्डको एयर न्युजिल्याण्ड विश्वको उत्कृष्ट एयरलाइन्स घोषित भएको छ । एयरलाइन रेटिङ डटकमले वार्षिक रुपमा दिने एयरलाइन एक्सिलेन्स अवार्डमा एयर न्युजिल्याण्डले लगातार चौँथो पटक कब्जा जमाएको हो ।

उत्कृष्ट क्याबिन क्रुको अवार्ड भर्जिन अस्ट्रेलिया र भर्जिन एटलाइन्टिकले हात पार्यो ।

त्यस्तै, उत्कृष्ट बिजनेस क्लासको उपाधि पनि भर्जिन अस्ट्रेलियाले नै जितेको छ ।

मध्यपूर्वमा सबैभन्दा  उत्कृष्ट फस्ट क्लास र लामो दुरीको यात्रामा इतिहात एयरलाई घोषित गरिएको छ ।

एमिरेटस् एयरलाइन्सले जहाजमा उत्कृष्ट मनोरञ्जनको साधन भएको एयरलाइनसको उपाधि जितेको छ ।

यता, उत्कृष्ट डोमेस्टिक एयरलाइन्स सर्भिसमा क्वान्टास विजेता घोषित भयो । त्यस्तै उत्कृष्ट लाउन्ज तथा क्याटरिङमा पनि यही एयरलाइन्सको वर्चश्व रह्यो ।

त्यसैगरी लामो दुरीको यात्रामा एसियामा सिंगापुर एयरलाइन्स तथा अमेरिकामा डेल्टाज एयरलाइन्स उत्कृष्ट ठहरिए ।

यस्ता छन् उत्कृष्ट १० एयरलाइन्स १. एयर न्युजिल्याण्ड २. क्वानटा ३. सिंगापुर एयरलाइन्स ४. क्याथी प्यासिफिक ५. भर्जिन एटलान्टिक, भर्जिन अस्ट्रेलिया ६. ब्रिटिस एयरवेज ७. एतिहाद एयरवेज ८. अल निप्पोन एयरवेज ९. इभा एयर १०. लुफथान्सा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप