मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बाग्लिवाङको दलित बस्तीमा होमस्टे

सोमबार, १३ मङ्सिर २०७३, १३ : ०५
सोमबार, १३ मङ्सिर २०७३

प्यूठान –यहाँको पुजा–३ बाग्लिवाङस्थित दलित बस्तीमा होमस्टे सञ्चालन भएको छ ।  स्थानीयहरुको सक्रियतामा यसै वर्षदेखि ६ वटा घरमा होमस्टे सञ्चालन भएको हो । ‘होमस्टेले उत्तरी प्यूठानका पर्यटकीय स्थलहरु अवलोकन गर्न आउने पाहुनाहरुलाई सहजता मिल्ने छ ’ होमस्टे सञ्चालक भुपी सुनारले भनिन्, ‘लिवाङको दिहाल्ना, डांडाकटेरी अवलोकन गर्दै आएका पाहुनाहरु यहाँ बस्छन् र अर्को दिन तामाखानी अवलोकन गर्दै रजवाराको झाँक्रिढुङ्गा दर्शन गर्न पुग्छन् ।’ ग्रामिण क्षेत्रमा सञ्चालन भएको होमस्टेले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अत्यन्तै सहजताको वातावरण सृजना गर्ने सक्ने होमस्टे सञ्चालक हर्क बहादुर सुनारले बताए । यसै वर्ष निर्माण गरिएको गौमुख क्षेत्र पदमार्गले सम्भावना हुंदा हुंदै ओझेलमा परेको उत्तरी प्यूठानलाई विकासको दिशातिर डो¥याउन मद्दत गर्ने पदमार्ग निर्माण समिति पुजाँका अध्यक्ष पूर्ण बहादुर सुनाले बताए । प्यूठानकै नमुनाको रुपमा बाग्लिवाङको दलित बस्तीमा सञ्चालन भएको होमस्टले पुजाँ गाविसको मात्र नभइ प्यूठानकै आर्थिक अवस्थामा सुदृढ ल्याउने प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप