मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ओलीको माओवादीमाथि हमलाः रुकुम–रोल्पामा बहुदल पनि आएको छैन

शनिबार, १७ असार २०७४, १३ : ५४
शनिबार, १७ असार २०७४

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी आधार इलाका मानिने रुकुम रोल्पामा अझैं पनि बहुदल नआएको बताएका छन् ।  


  उनले रुकुम रोल्पामा  लोकतन्त्र तथा गणतन्त्र  आउनु  परको कुरा भएको भन्दै बहुदल समेत नआएको दाबी गरेका हुन्।  नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले  शनिबार  राजधानीमा आयोजना गरेको कार्यक्रममा  बोल्दै ओलीले भने , ‘रुकुम रोल्पामा  गणतन्त्र , लोकतन्त्र त के बहुदल पनि आएको छैन ।   रुकुम रोल्पा अझैं पनि आतंकको छाँयामा बाँचेको छ।’


उनले रुकुम र रोल्पामा  आएको मतपरिणामलाई संकेत गर्दै  बहुदल पनि नआएको स्थानमा पनि एमालेले जित्नु चानचुने कुरा नभएको बताए ।   रोल्पाको एक स्थानीय तहमा एमालले जित्दा निर्वाचनमा रुकुमको सबै स्थानीय तहमा  र रोल्पाका अधिकांश स्थानीय तहमा माओवादीले जित हासिल गरेको छ । 


ओलीले  एमालेको देशव्यापी जितलाई  कसैले रोक्न नसक्ने भन्दै कसैले मतगणनामा बखेडा झिके त्यो स्वीकार्य नहुने बताए । ‘एउटा वडा एमालेले जितेको छैन’, सिडिओ सारौं एसएसपी सारौं भन्छन्  । गृहजिल्ला झापाको दमकको मतपरिणाम विवादलाई संकेत गर्दै ओलीले भने, ‘ फेरि उनीहरु नै एउटा वडा एमालेले नजित्दैमा ओली चिन्तामा डुब्यो भनेर पूरै हल्लाखल्ला गर्छन्  । ’


कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘कृतिम सरकार’ को संज्ञा दिँदै ओलीले  सरकारले तराई पहाड छुट्याउन असोज २ सम्मलाई निर्वाचन सारेको आरोप लगाए ।  उनले देउवा सरकार ब्याक फोर्सको आडमा चलेको समेत दाबी  गरे ।  उनले कांग्रेसले आफूलाई लोकतान्त्रवादी भएको भन्दै ठूला कुरा गरेपनि असली लोकतन्त्रवादी एमाले भएको समेत दाबी गरे । 


कार्यक्रममा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकामा   विजयी जनप्रतिनिधिलाई ओलीले सम्मान गरेका थिए भने उनीहरुलाई  राष्ट्रियता, स्वतन्त्रता, सार्वभौभिकता,  भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा  हुने गरी जनताको काममा लाग्न  निर्देशन दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप