मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपाल अनुभव अभियान सुरु

बुधबार, १५ मङ्सिर २०७३, १७ : २२
बुधबार, १५ मङ्सिर २०७३

काठमाडाैँ- मुलुकको पर्यटन प्रवद्र्धन गर्न नेपाल पर्यटन बोर्ड, हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले ‘एक्सपिरियन्स नेपाल’ अभियान संयुक्त रुपमा प्रारम्भ गरेका छन् ।

आगामी आठ महिनासम्म जारी रहने उक्त अभियानअन्तर्गत अमेरिकन एक्सप्रेसको कार्ड लिएका हरेक व्यक्तिलाई नेपाल भ्रमणमा रहँदा विभिन्न सेवासुविधा सहुलियत दरमा उपलब्ध गराइने छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा तीनवटै संस्थाका कार्यकारी प्रमुखले प्राकृतिक सौन्दर्यले विश्वको अद्धितीय मुलुक नेपालको पर्यटन विकासमा टेवा पु¥याउन अभियान थालिएको बताए । अमेरिकन एक्सप्रेस कार्ड लिएका उपभोक्तालाई इमेल, तीनवटै संस्थाका वेबसाइट र फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालबाट नेपाल भ्रमण गर्दा प्राप्त हुने सुविधा र सहुलियतबारे निरन्तर जानकारी गराइने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप