मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पाटा नेपाल च्याप्टरले धुलिखेलबाट हिमालयन ट्राभल मार्टको शुभारम्भ गर्ने

शनिबार, १८ मङ्सिर २०७३, ०६ : ५८
शनिबार, १८ मङ्सिर २०७३

काठमाडौं – हिमालयन क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने तथा नेपाललाई प्रवेशमार्गको रुपमा स्थापित गर्नको लागि शुभारम्भ पाटा नेपालले शुभारम्भ समारोह आयोजना गर्ने भएको छ ।

डिसेम्बर ४ गते आयोजना हुने उक्त कार्यक्रम काभ्रेको धुलिखेलस्थीत हिमालयन होराईजन होटलमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

नेपाल टुरीजम बोर्डबाट बिहान ८ बजे धुलिखेल प्रस्थान गर्ने उक्त कार्यक्रममा यातायातको व्यावस्था गरिएको र सहभागी हुन पर्यटनसम्बद्ध पत्रकार, व्यावसायीहरुलाई आयोजकले आग्रह गरेको छ ।

कार्यक्रममा अथितिका रुपमा पाटाका अन्तर्राष्ट्रिय अध्यक्ष एन्ड्रयू जोन समेतको सहभागिता रहने पाटा नेपालका अध्यक्ष सुमन पाण्डेले जानकारी दिए । उक्त कार्यक्रम औपचारिक रुपमा आगामी जुन १ देखि ४ तारिक २०१७ मा आयोजना हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप