मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मोफेटलाई नेपाल पर्यटन बोर्डको अन्तर्राष्ट्रिय सद्भावनादुत प्रदान

शनिबार, १८ मङ्सिर २०७३, ०७ : १५
शनिबार, १८ मङ्सिर २०७३

काठमाडौं – नेपाल पर्यटन बोर्डले आरोही तथा फिल्ममेकर जेरी मोफेटलाई अन्तर्राष्ट्रिय सद्भावनादुत नियुक्त गरेको छ । नेपाल पर्यटन बोर्डले एक कार्यक्रम गरि मोफेटलाई सद्भावनादुत नियुक्त गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी तथा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले मोफेटलाई सद्भावनादुत नियुक्तिको पत्र प्रदान गरे ।

मोफेट विगत ३२ वर्षदेखि नेपालको पर्वतारोहण र कायाकिङमा संलग्न रहँदै आएका छन् । उनको योगदानको कदर गर्दै नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल(टान) र नेपाल एशोशियसन अफ ¥याफ्टीङ एजेन्ट्स(नारा) ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले आगामी दिनमा पनि मोफेटले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी, पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डे, नाराका अध्यक्ष चन्द्र दाहाल तथा टानका महासचिव कर्णवहादुर लामाले मोफेटले नेपालको पर्यटन क्षेत्रमा पु¥याएको योगदानको प्रशंशा गरेका थिए ।

सद्भावनादुत नियुक्त भएपश्चात मोफेटले आफ्नो बाँकी जीवनमा पनि नेपालको पर्यटन क्षेत्रको विकासका लागि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप