मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम महोत्सवमा १६ बुँदे माग सहित प्रधानमन्त्रीलाई १६ किलोको माला लगाइने

आइतबार, १९ मङ्सिर २०७३, १८ : १०
आइतबार, १९ मङ्सिर २०७३
धनगढी- लगानी दशक अभियानको रुपमा लिईने ‘सुदूरपश्मि महोत्सव २०७३’ को तयारी अन्तिम चरणमा पुगेको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा यही २२ गते पुस २ गतेसम्म धनगढीमा सञ्चालन हुने सो महोत्सवकोे तयारी अन्तिम चरणमा पुगेको हो । कृषी, पर्यटन, जलविद्युत, जडिजुटी र पूर्वाधारमा लगानी गराउनका लागि लगानीकर्ताहरुलाई आर्कर्षित गराउने यो वर्षको महोत्सवको प्रमुख उद्देश्य रहेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीले बताए । महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । १६ बुँदे माग सहित आयोजना गरिने यो महोत्सवमा प्रमुख अतिथि प्रधानमन्त्री प्रचण्डलाई १६ किलोको माला लगाइने छ । कैलाली उद्योग वाणिज्य संघले हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म यो महोत्सवको आयोजना गर्दै आएको छ । दुई सय ७३ स्टल रहने यो महोत्स ११ औं संस्करण हो अध्यक्ष बोगटीले भने । महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरुले सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने आयोजकले जनाएको छ । महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र झण्डै १० करोड बराबरको कारोवार हुनेछ । सर्वसाधरणलाई ५० रुपैयाँ र विद्यार्थीलाई ४० रुपैयाँ टीकट दर कायम गरिएको छ । टीकट बिक्रीबाट १ रुपैयाँ जिल्लास्थित आकस्मिक विपत जोखिम ब्यवस्थापन कोषमा र १ रुपैयाँ धनगढीमा निर्माण हुने अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई उपलब्ध गराई अध्यक्ष बोगटीले जानकारी दिए । यसैगरी कञ्चनपुरका दिबंगत पत्रकार कर्ण बोहराकी श्रीमती ममताको उपचारका लागि २५ हजार रुपैयाँ दिने बताइएको छ । शान्तिसुरक्षालाई मध्यनजर गर्दै महोत्सवमा १२ ओटा शिसि क्यामरा जडान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप