मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

तमोर नदीमा र्याफ्टिङ सुरु

मङ्गलबार, २१ मङ्सिर २०७३, १६ : २३
मङ्गलबार, २१ मङ्सिर २०७३

धनकुटा- हिउँदको याम सुरु भएसँगै यस वर्ष तमोर नदीमा (जलयात्रा) र्याफ्टिङ सुरु भएको छ । सेतु एड्भेन्चर प्रालिले आयोजना गरेको जलयात्रा सहभागि १६ जनाले शनिबार मूलघाटस्थित् तमोर नदीको पुलदेखि सुनसरीको चतराघाटसम्मको ३४ किलोमिटर यात्रा ६ घन्टामा पूरा गरेका छन् । प्रति व्यक्ति रु तीन हजारमा एक दिनको जलयात्रा गर्न सकिने सञ्चालक जीवन सिलवाल बताउँछन् । यस वर्ष रु २० लाख लगानी गरी सुरु भएको तमोर नदीमा हुने जलयात्रा मुलुकभरका अन्य नदीमा भन्दा छोटो र रमाइलो हुने सिलवालको भनाइ छ । जलयात्रामा एक पटकमा प्रति डुङ्गा सात जनासम्म यात्रा गर्न सकिन्छ । जोखिम र मनोरञ्जन उत्तिकै भएको तमोर नदीमा करिब एक सयभन्दा बढी छहरा रहेको बताइन्छ । ‘तमोर रिभर एन्ड एडभान्चर’ले नौ वर्षदेखि तमोरमा जलयात्रा गराउँदै आएको सञ्चालक मदन ढकालले बताए । उत्तल अवधिमा जलयात्राबाट विदेशी र स्वदेशी गरी करिब ८०० जनाले मनोरञ्जन लिएका थिए । बर्सेनि मङ्सिरदेखि सुरु भएर वैशाख महिनासम्म सञ्चालन हुने जलयात्रा जिल्लाको मूलघाटदेखि सुरु हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप