मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

बिहीबार, २३ मङ्सिर २०७३, १७ : ५४
बिहीबार, २३ मङ्सिर २०७३
पोखरा– पोखरा उद्योग वाणिज्य संघको आयोजनामा विहीवारदेखि पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला २०७३ सुरु भएको छ । महोत्सवमा स्थानीय उत्पादनका साथै विभिन्न २ सय ९५ स्टल रहेका छन् । महोत्सवको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनवहादुर शाहीले पोखरा देशको पर्यटनको मुटु भएको वताए । उनले पोखराको पर्यटन फस्टाउन विमानस्थल आवस्यक भएको वताउँदै अवको चार वर्ष भित्र पोखरा क्षेत्रीय विमानस्थल वनिसक्ने वताएका छन् । उनले पोखरा सँगै लुम्विनी र वारामा पनि विमानस्थल वन्ने वताए । मन्त्री शाहीले नेपालीहरुले सुनको थाली हातमा लिएर भीख मागेको वताउँदै यस्तो अवस्थाको तत्काल अन्त्य हुनु पर्ने वताए । अव नेताले भाषण गरेर मात्र देशमा परिवर्तन नहुने वताउँदै मन्त्री शाहीले अव काम गर्ने वेला आएको वताए । नेपालको संविधान संशोधन सहित कार्यान्वयनमा ल्याउनु जरुरी रहेको वताउँदै उनले अव देशमा वन्द हड्ताल र विरोध गर्ने दिन गएको वताए । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष किशोर प्रधानले आर्थिक उन्नति विना देशको समस्या समाधान नहुने वताउँदै सरकारले लगानीलाई प्रोत्साहन गर्नु पर्ने वताए । क्षेत्रीय प्रशासक खगराज बरालले प्रकृतिले दिएका कुरालाई विक्री गरेर मात्र पर्यटन प्रवद्र्धन हुन नसक्ने वताए । उनले प्रकृतिले दिएका पूर्वाधार मात्रै कुरेर हुँदैन नयाँ पूर्वाधारको विकास गरे मात्र यो क्षेत्रको पर्यटनले गति लिने वताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष रमेश कर्माचार्य, स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज सुवेदी र महासचिव दामु अधिकारी लगायतले वोलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप