मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

दुलही झैं सिँगारियो चन्द्रागिरी (फोटोफिचर)

बिहीबार, ३० मङ्सिर २०७३, २० : ४०
बिहीबार, ३० मङ्सिर २०७३
काठमाडौँ– राजधानी काठमाडौं नजिकैको चन्द्रागिरी शिखर विहीबार दुलही झैं सिँगारियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मन्त्रीहरु, सासंद, कलाकार, लेखक र उद्योगपतिलगायत हजारौं आगन्तुक चन्द्रागिरी शिखर पुगे । यो रमझमको कारण थियो – चन्द्रागिरी हिल्सद्वारा निर्मित केवुलकार उद्घाटन कार्यक्रम । चन्द्रागिरी शिखरमा नवनिर्मित केवुलकार स्टेशनपरिसर फूल र बेलुनले सझाइएको थियो । चन्द्रागिरी जाने प्रवेशद्वार रातो कार्पेटले रंगीन बनाइएको थियो । केवुलकार स्टेशननजिकै रहेका फुडकोर्ट, वालउद्यान, सिनेमा घर, भ्यूटावरलगायत यत्रतत्र आगन्तुकहरु रमाइरहेका भेटिन्थे । स्टेशननजिकै पानीको फोहोरा लगाइएको थियो भने वाचनालय वरपर समेत विश्राम गर्ने यथेष्ट श्रद्धालुहरु देखिन्थे । चन्द्रगिरी चुचुरोमा विभिन्न साँस्कृतिक पोशाक लगाएका युवतीहरु साँगेतिक प्रस्तुती दिइरहेका थिए । प्रधानमन्त्री प्रचण्डले थानकोटस्थित केवुलकार स्टेशनमा रिवन काटेर चन्द्रगिरी केवुलकारको उद्घाटन गरेपछि केवुल कार चढेर चन्द्रागिरी स्थित भालेश्वर मन्दिर पुगेर परिसरमा आयोजित औपचारिक कार्यक्रममा सरिक भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप