मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न राजदूत पौडेलको आह्वान

शुक्रबार, ०१ पुस २०७३, ०९ : ४५
शुक्रबार, ०१ पुस २०७३

काठमाडौँ - चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालमा प्रकृतिका अनुपम विशेषता भएको उल्लेख गर्दै चिनियाँलाई नेपाल भ्रमण गर्न आग्रह गरेका छन् ।

नेपाली दूतावासले आज चीनमा आयोजना गरेको पर्यटन व्यावसायीसँगको अन्तक्र्रिया कार्यक्रममा उनले शाक्यमुनि बुद्धको जन्मस्थल र विश्वका सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा सातवटा अग्ला र १४ वटा संसारकै उच्च हिमाल रहेको नेपालको भ्रमण गर्न चिनियाँलाई आग्रह गरेका हुन् ।

राजदूत पौडेलले नेपाल योग तथा ध्यानका लागि महत्वपूर्ण स्थल रहेको, एक सिङ्गै गैँडा, हात्ती पोलोका लागि अवसर, ¥याफ्टिङ, बञ्जी जम्प, प्याराग्लाइडिङ र पर्वतारोहणजस्ता अनुपम विशेषता रहेको पनि उल्लेख गरे ।

लामो समयदेखि नेपाल र चीनबीचको सम्बन्ध अत्यन्त सौहाद्रपूर्ण रहेको उल्लेख गर्दै उनले सन् २०१६ देखि चिनियाँ पर्यटकका लागि नेपाली भिसा शुल्कमा छुट दिएको जानकारी समेत गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप