मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बर्दिया खैरापुरको सुन्दरता कृष्णसार

मङ्गलबार, १२ पुस २०७३, १३ : ०२
मङ्गलबार, १२ पुस २०७३

बर्दिया–मध्यपश्चिमाञ्चल विकास क्षेत्रको बर्दिया जिल्लाको खैरापुर क्षेत्रमा प्राकृतिक अवस्थामा रहेको दुर्लभ वन्यजन्तु कृष्णसारको संरक्षणका लागि सरोकारवालाहरु जुटेका छन् । गुलरिया नगरपालिका अन्तर्गतको १६.९५ वर्ग किमि क्षेत्रलाई नेपाल सरकारले २०६५ फागुन २३ गते कृष्णसार संरक्षण क्षेत्रको रूपमा घोषणा गरेपछि यसको संरक्षणको प्रयास थालिएको हो ।

कुल क्षेत्रफलमध्ये कृष्णसारको वासस्थान क्षेत्र ५.२७ वर्ग किमि र वरिपरिको प्रभावित क्षेत्र ११.६८ वर्ग किमि रहेको छ ।

२०३१ सालमा बर्दिया वन्यजन्तु आरक्ष स्थापना भएका बेला बाँके, बर्दिया जिल्ला लगायत समग्र नेपालबाटै कृष्णसार लोप भइसकेको आशंका गरिएको थियो । बर्दिया वन्यजन्तु आरक्ष (हाल बर्दिया राष्ट्रिय निकुञ्ज) खडा भइसकेपछि २०३२ आश्विनमा बाँके वर्दियामा कृष्णसार बाँकी छन् कि भनेर खोजिएको थियो ।

त्यसबेला बर्दिया जिल्लाको खैरी पण्डितपुरको जंगल किनार आवादी क्षेत्रमा एउटा सिङ भाँचिएको एक बूढो भाले, एउटा वयस्क भाले, तीन वटा पोथी र चार बच्चाहरू गरी ९ वटा कृष्णसार फेला परेका थिए । फेला परेका कृष्णसारको पूर्ण संरक्षणको लागि तत्कालै वन विभागको एक/चारको सशस्त्र सुरक्षा गार्ड खटाई कृष्णसार संरक्षण चौकी खडा गरिएको थियो । सोही प्रयासको फलस्वरूप अहिले कृष्णसारको संख्यामा वृद्धि भई २८१ पुगेको छ ।

के हो कृष्णसार ?

–कृष्णसार एन्टीलोप प्रजातीको स्तनधारी वन्यजन्तु हो । यसलाई अंग्रजीमा व्ल्याकबुक भनिन्छ भने नेपालीमा कृष्णसार । त्यस्तै हिन्दमिा भालेलाइ काला र पोथीलाइ गोरिया नामले चिनिन्छ ।

नेपालको कहाँ पाइन्छ ?

–प्राकृतिक रुपमा नेपालको बर्दिया जिल्लाको गुलरिया नगरपालिकास्थित कृष्णसार संरक्षण क्षेत्र खैरापुरमा मात्र पाइन्छ । कृष्णसार नेपालबाट लोप हुन लागेको वन्यजनुमध्य एक भएकाले यसलाई वन्यजन्तु संरक्षण ऐन २०२९ मा संरक्षित सुचिमा राखिएको छ ।

–लोपोन्मुख कृष्णसार खुला घाँसे मैदान अर्थात् दुबो र काँसको मैदानमा बस्न रुचाउँछ । त्यसैले आवादी छेउमा घरपालुवा जनावर गाई, भैंसी, भेडा बाख्राहरू सँगसँगै चर्ने र बस्ने गर्दछ । यिनीहरूको निरन्तर अवलोकन गरी संख्या अद्यावधिक गर्ने गरिएको छ ।

–कृष्णसार संरक्षण क्षेत्रलाई व्यवस्थित गर्ने सिलसिलामा आवश्यक भौतिक निर्माण तथा वासस्थान व्यवस्थापनका कार्यहरू भैरहेका छन् ।

संरक्षणका लागि भएकोे प्रयास

–संरक्षित क्षेत्रभित्र विभिन्न स्थानमा माटोका अग्ला अग्ला ढीस्का बनाई सुरक्षित तरिकाले कृष्णसार बस्न सक्ने वातावरण सिर्जना गर्न तिन वटा उच्चस्थली (रेइजींग माउन्ट) बनाउन लागिएको छ ।

–उच्चस्थलीका साथै जैविक तटबन्ध, नाला व्यवस्थापन, वाटो निर्माण र पक्कि तटबन्ध निर्माणका लागि कृष्णसार संरक्षण क्षेत्रले ४७ लाख ५० हजार खर्चिने छ ।

–हरीयो बन कार्यक्रम अन्र्तगत युएसएआईडीकोे सहयोगमा विश्व बन्यजन्तु कोष मार्फत संरक्षण क्षेत्रले भाद्र महिनामा परियोजना प्रस्ताव पेश गरेको थियो । प्रस्ताव स्विकृत भएर विश्व बन्यजन्तु कोष र कृष्णसार संरक्षण क्षेत्र विच सम्झौता भएपछि टेण्डर प्रकृया अगाडी बढाईएको हो ।

–कृष्णसारको आहाराका लागि विभिन्न प्रजातीका घासेखेती समेत गरिने भएको छ । प्रत्येक उच्चस्थली १/१ हेक्टर क्षेत्रफलमा बन्नेछन भने पानी बढदै जाँदा कृष्णसारहरु उच्चस्थली माथी गएर सुरक्षित हुने अनुमान कृष्णसार संरक्षण क्षेत्र खैरापुरको रहेको छ ।

फोटो : किरण पन्थ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप