मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपाल पर्यटन पत्रकार सङ्घ बाँकेको अध्यक्षमा केसी

सोमबार, १८ पुस २०७३, ०९ : ०५
सोमबार, १८ पुस २०७३
कोहलपुर - नेपाल पर्यटन पत्रकार सङ्घ, बाँकेको अध्यक्षमा अमृता केसी चयन भएका छन । बाँकेमा क्रियाशील पत्रकारको एक भेलाले आइतबार सात सदस्यीय तदर्थ समिति गठन गरेको हो । नेपाल पत्रकार महासङ्घ बाँकेको महिला विभाग प्रमुख समेत रहेका केसीको अध्यक्षतामा गठन गरिएको सङ्घको उपाध्यक्षमा कृष्ण ओली, सचिवमा मधु पौडेल र कोषाध्यक्षमा निर्मल आचार्य रहेका छन । यस्तै सदस्यमा विमला चौधरी, केशव राना र रुवी साई चयन भएका छन । भेलाले नेपालगन्ज उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घ नेपालगन्ज र पत्रकार महासङ्घ बाँकेलाई संस्थागत सल्लाहकारका रुपमा चयन गरेको छ । नवगठित सङ्घका अध्यक्ष केसीले बाँके जिल्लाको पर्यटन प्रवद्र्धनका लागि सञ्चार पैरवी गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप