मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सगरमाथा क्षेत्रमा पर्यटक ३३ प्रतिशत बढे

सोमबार, १८ पुस २०७३, ०९ : १४
सोमबार, १८ पुस २०७३
सोलुखुम्बु - १८ पुस सगरमाथा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या सन् २०१५ को तुलनामा सन् २०१६ मा ३३.६६ प्रतिशतले वृद्धि भएको छ । सन् २०१५ मा २७ हजार ४६५ पर्यटकले सगरमाथा क्षेत्रमा भ्रमण गरेका थिए । सन् २०१६ मा ३६ हजार ६९४ ले भ्रमण गरेको पर्यटन प्रहरी कार्यालय लुक्लाका प्रहरी सहायक निरीक्षक सरयुग महतोले बताए । यो सङ्ख्या गत वर्षको तुलनामा नौ हजार २२९ ले बढी हो । २०१५ वर्ष भूकम्प र नाकाबन्दीको कारण सगरमाथा क्षेत्रमा पर्यटकको सङ्ख्या निकै घटेकोमा २०१६ मा समय अनुकूल भएकाले पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि भएको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । पर्यटकको सङ्ख्यात्मक वृद्धिसँगै सगरमाथा क्षेत्रका पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप