मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लोन्ली प्लानेटको छुटाउन नहुने गन्तव्यमा पुनहिल

मङ्गलबार, १९ पुस २०७३, १० : ००
मङ्गलबार, १९ पुस २०७३
म्याग्दी -  विश्वको प्रख्यात पर्यटन गाईड लोन्ली प्लानेटले नेपालमा घुम्नुपर्ने १० वटा गन्तव्यमा पहिलोपटक म्याग्दीको पर्यटकीयस्थल पुनहिल समावेश गरिएको छ । सन् २०१७ मा घुम्नु पर्ने विश्वका पाँचाँै उत्कृष्ट गन्तव्यमा नेपाल परेपछि नेपालभित्रका १० वटा गन्तव्यमा घार गाविसअन्तर्गत पर्ने घोरेपानी तथा पुनहिलमा एकपटक पुग्नैपर्ने भनी व्याख्या गरिएको छ । दक्षिण एसियाबाट नेपाल मात्रै समावेश भएको विश्वको उत्कृष्ट गन्तव्यअन्तर्गत नेपालका चर्चित र प्रमुख पर्यटकीयस्थलका बारेमा गरिएको व्याख्यामा धौलागिरि अञ्चल, मुस्ताङ जिल्ला र म्याग्दीको घोरेपानीलाई उल्लेख गरिएको छ । लोन्ली प्लानेटले उपल्लो मुस्ताङलाई चार वर्ष अगाडि विश्वकै चर्चित पर्यटकीय स्थलको रुपमा समेत समावेश गरेको थियो । बेलायतबाट प्रकाशित हुने डेली मेल र अमेरिकाको रोयटर्सले समेत आफ्नो अनलाइनमा समावेश गरेको समाचारले म्याग्दीका पर्यटन व्यवसायी समेत उत्साहित भएका छन् । नेपालभित्रका उत्कृष्ट गन्तव्यमा किन राखिएको भन्ने विषयमा समेत लोन्ली प्लानेटले व्याख्या गरेको छ । म्याग्दी जिल्लाको घोरेपानी पहिलोपटक लोन्ली प्लानेटको सूचीमा परेको हो । जिल्लामा भित्रिने करिब ७० प्रतिशत पर्यटकको हिस्सा ओगटेको घोरेपानी हुँदै शिखको पाउद्वारस्थित खोप्रालगायतका क्षेत्रमा जान सकिन्छ । कास्कीको पोखरा–नयाँपुल, घान्दु्रक हुँदै घोरेपानी र यता म्याग्दी सदरमुकाम बेनी–तातोपानी, घारा, शिख हुँदै घोरेपानी र नागी–महरेडाँडा हँुदै पुनहिलमा जान सकिन्छ । विश्वका उत्कृष्ट १० गन्तब्य भित्र पर्ने अन्नपुर्णमा २१ दिने अन्नपूर्ण परिक्रमा पदयात्रामार्गअन्तर्गत घोडेपानी १७ देखि १९ दिनको सुन्दर गन्तव्यको सूचीमा रहेपनि सडक विस्तारले १० दिनभित्र नै पुग्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप