मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा पर्यटक बढे

मङ्गलबार, १९ पुस २०७३, १४ : ४७
मङ्गलबार, १९ पुस २०७३
लुम्बिनी –बुद्धजन्मस्थल एवं अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा सन् २०१५ को तुलनामा सन २०१६ मा स्वदेशी तथा बिदेशी पर्यटकको आगमनमा ७१ दशमलव ८१ प्रतिशत बृद्धि भएको छ । लुम्बिनी विकास कोष स्थित सूचनाशाखाले सार्बजनिक गरेको मासिक तथ्यांक अनुसार सन २०१५ मा कुल सात लाख ४८ हजार दुईसय ९४ जना पर्यटक मात्र लुम्बिनी आएकामा सन २०१६ मा १२ लाख ८५ हजार ६ सय ८० जना पर्यटक लुम्बिनी आएका हुन् । तथ्यांक अनुसार सन २०१५ मा बिदेशी पर्यटक एक लाख २९ हजार एकसय ८० जना – पाँच दशमलव ४८ प्रतिशत मात्र लुम्बिनी आगमन भएकोमा सन २०१६ मा एकलाख ३६ हजार दुई ५३ जना बिदेशी पर्यटक पाहुना लुम्बिनी भित्रिएका छन् । यसै गरि आन्तरिक पर्यटक मध्ये सन २०१५ मा एकलाख ३० हजार दुईसय ६२ जना अर्थात तीन दशमलव आठ प्रतिशत ईण्डियन पर्यटक मात्र लुम्बिनी अवलोकन गरेकोमा सन २०१६ मा एकलाख ३४ हजार दुईसय ६९ जना भारतीय नागरिक लुम्बिनी भ्रमण गरेका छन् । त्यस्तै आन्तरिक पर्यटक कै सूचीमा पर्ने नेपाली पर्यटकहरु चार लाख ८८ हजार आठसय ५२ जना ४५ दशमलव ८४ प्रतिशत मात्र लुम्बिनी भित्रिएकामा सन २०१६ मा दश लाख १५ हजार एकसय ५८ जना एकसय सात दशमलव ८६ प्रतिशत नेपाली नागरिक लुम्बिनी प्रवेश गरि नेपाली पर्यटकहरुको आगमन उल्ल्ोखनीय बृद्धि भएको तथ्यांकमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप