मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

वेगनास माछा महोत्सव हुदै

बिहीबार, २१ पुस २०७३, ०९ : ५६
बिहीबार, २१ पुस २०७३
पोखरा - लेखनाथ नगरपालिकाको वेगनासतालस्थित मन्दरे पार्कमा फागुनको दोस्रो हप्तामा तेस्रो वेगनास माछा महोत्सव हुने भएको छ । ‘वेगनास जाऔँ, माछाका परिकारमा रमाऔँ’ भन्ने मूल नाराका साथ आयोजना गरिने सो महोत्सव फागुन १३ देखि १७ गतेसम्म हुनेछ । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा हुने सो महोत्सवमा त्यस ठाउँमा रहेका दिपाङ, वेगनास र रुपातालमा पाइने २३ थरिका माछाका परिकार बनाएर पर्यटकलाई खुवाउनाका साथै ती सबै जातका जीवित माछाको प्रदर्शनीसमेत गरिने एसोसिएसनका अध्यक्ष दामोदरभक्त थापाले जानकारी दिए । यस क्षेत्रमा पाइने माछा, मह, कफी, जडीबुटी र पर्यटकीयस्थलको प्रचारप्रसार तथा स्थानीय माछाको संरक्षण एवम् आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्य छ । महोत्सवमा महिला तथा पुरुष खुल्ला डुङ्गा दौड, माछा तथा खानाका कष, माछा र मह तथा कफी एवम् जडीबुटीको प्रदर्शनी, पप कन्सर्ट, लोक दोहोरी र स्थानीय सांस्कृतिक कार्यक्रम पनि गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप