मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा एक सय आठ फिट अग्लो शिव मूर्ति बन्दै

मङ्गलबार, २६ पुस २०७३, १२ : ३४
मङ्गलबार, २६ पुस २०७३

पोखरा-पोखराको पुम्दीकोटमा एक सय आठ फिट अग्लो शिव मूर्ति बन्ने भएको छ । समुद्री सतहबाट एक हजार पाँच सय मिटरको उचाइमा रहेको कोटस्थित १८ रोपनी जग्गामा लगभग रु २१ करोडको लागतमा एक सय आठ फिट अग्लो शिव मूर्तिसहित एक सय आठ शिवलिङ्ग निर्माण गर्न लागिएको पुम्दीकोट विशाल महादेवको मूर्ति निर्माण उपभोक्ता एवम् पर्यटन प्रवद्र्धन समितिका संयोजक चन्द्रकान्त बरालले जानकारी दिए ।

विशाल महादेवको मूर्ति स्थापनामा पर्यटन व्यववसायीले सहयोग गर्ने भएका छन् । समितिद्वारा पोखरामा आयोजित पर्यटन व्यवसायीबीचको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा उनीहरुले सक्दो सहयोग गर्ने सामूहिक प्रतिबद्धता समेत जनाएका छन् । विश्वशान्ति स्तूपसहित सो क्षेत्रमा सञ्चालित भुजेल, गुरुङलगायत गाउँका घरबास कार्यक्रमलाई एकमुष्ट अगाडि बढाउन स्थानीयस्तरबाट सुरु गरिएको अभियानको बजारीकरणमा सहयोग गर्ने उनीहरुले बताए ।

पश्चिमान्चल क्षेत्रीय प्रशासक खगराज बरालले पोखरामा निर्माण सुरु गरिएको अन्तर्राष्ट्रिय विमानस्थललाई असर नपर्ने गरी शिवको मूर्ति निर्माण गर्नुपर्ने बताउँदै रातिको समयमा पनि पर्यटकीय आकर्षकका गतिविधि सञ्चालन गरिनुपर्ने सुझाव दिए । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले ऐतिहासिकस्थलका रुपमा परिचित पुम्दीकोटलाई धार्मिक एवम् पर्यटकीयस्थलको रुपमा विकास गर्न सके त्यस क्षेत्र तथा पर्यटन विकासमा टेवा पुग्ने बताए ।

नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराका प्रमुख उदय भट्टराईले मुलुकको पर्यटन विकासका लागि मानवनिर्मित स्थलको पनि खाँचो रहेको औल्याए ।

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य गणेशबहादुर भट्टराईले मूर्तिस्थापनामा आफ्ना स्व बुबा रत्नबहादुर र हजुरबुबा भक्तबहादुर भट्टराईको स्मृतिमा रु दुई लाख दुई सय २२ सहयोग गरिने घोषणा गरे । संयोजक बरालका अनुसार उनका अनुसार नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयबाट रु २० लाख प्राप्त भएको छ । सो परिसरमा ध्यान केन्द्र, स्मृति उद्यान बनाइने योजना छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप