मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मणिकाधामको ताल पुरिँदै

बुधबार, २७ पुस २०७३, १३ : १७
बुधबार, २७ पुस २०७३

कञ्चनपुर-कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका अन्तर्गत पर्ने चुरेको फेदीमा रहेको धार्मिक पर्यटकीय क्षेत्र मणिकाधाम क्षेत्रमा रहेको प्राकृतिक ताल पुरिँदै जान थालेको छ । तालको उत्तरतर्फ बाट बर्सातका बेला बगेर आउने खहरे खोलाले बगाएर ल्याउने माटो, बालुवाले गर्दा ताल पुरिँदै जान थालेको हो । ताल संरक्षणका लागि टेवा, पर्खाललगायत राख्ने कार्य नहुँदाको अस्तित्व खतरामा परेको सिद्धबैजनाथ मन्दिर संरक्षण समितिका डम्बरबहादुर ऐरले बताए । “एक बिघा बढी क्षेत्रफलमा फैलिएको ताल पुरिन थालेपछि यस क्षेत्रका धार्मिक पर्यटकीय क्षेत्रको ख्यातिमा समेत असर पर्न थालेको छ”, उनले भने । पूर्वमन्त्री तथा सांसदले यस क्षेत्रको भ्रमणमा आएका बेला यस क्षेत्रको धार्मिक महत्वको तालको संरक्षणका लागि बजेटको व्यवस्था गर्ने आश्वासन दिनेगरेको भएपनि हालसम्म कुनै पनि निकायबाट बजेट प्राप्त हुन नसक्दा धार्मिक धरोहरका रुपमा रहेको मणिका क्षेत्रका भौतिक संरचना तथा ताल लोप हुने सङ्घारमा पुगेको उनको भनाइ छ । ताल पुरिँदै जान थालेपछि ताल क्षेत्रमा रहेका जलपन्छी, माछाका प्रजाति, कछुवा र अजिङ्गरसमेत बासस्थानको अभावमा लोप हुने सङ्घारमा पुगेको समितिका अध्यक्ष भरतबहादुर ऐरले बताए। ताल संरक्षणका लागि नगरपालिका र जिविस कार्यालयमा आवश्यक बजेटका लागि माग गर्दासमेत सुनवाइ हुन नसकेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप