मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरियाली पूर्बमन्त्रीद्वारा लुम्बिनी भ्रमण

बुधबार, २७ पुस २०७३, १४ : १४
बुधबार, २७ पुस २०७३
लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकहरुको चाप बढिरहेका बेला कोरियाली पूर्ब धार्मिक मामला मन्त्री जाङसकसिमको नेतृत्वको पाँच सदस्यीय प्रतिनिधीमण्डलले लुम्बिनी भ्रमण गरेको छ । लुम्बिनी बिकास कोष सूचना शाखाले दिएको जानकारी अनुसार कोरियाली पूर्ब मन्त्री सिम तथा नेपालका लागि कोरियाली राजदूत योङजिनछो नेतृत्व टोलीले मायादेबी मन्दिर तथा कोरियन मन्दिरको सौहाद्रपूर्ण वातावरणमा अवलोकन भ्रमण गरेको हो । अवलोकलन भ्रमणका क्रममा कोरियाली पूर्बमन्त्री सिमले नेपाल आउने कोरियाली पर्यटक मध्ये थोरै मात्रामा लुम्बिनी आउने गरेको हुँदा नेपाल आउने पूरै कोरियन नागरिकहरुलाई लुम्बिनीको अवलोकन भ्रमण गराउनुका साथै दुई देश बीचको मैत्रीपूर्ण सम्बन्ध अझै गहकिलो पार्नुपर्ने बताए । यसैगरी सशस्त्र प्रहरी बलका प्रहरी प्रमुख र्दुजकुमार राई नेतृत्वको उच्च प्रहरी अधिकारी टोलिले लुम्बिनी अवलोकन भ्रमण सम्पन्न गरेको सूचना अधिकृत हरिध्वजले जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप