सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सन् २०२० सम्ममा सबैका घरमा डिसहोम

सोमबार, २२ माघ २०७४, ११ : ५८
सोमबार, २२ माघ २०७४

काठमाडौँ– अबको दुई वर्षपछि सबै नेपालीले डिसहोममार्फत टेलिभिजन हेर्न पाउनेछन् । यो महत्वकाङ्क्षी योजना लागू गर्न डिसहोमका सञ्चालक लागिपरेका छन् ।

डिसहोम व्यवस्थापनले अबको २ वर्षमा सबै नेपालीको घरमा डिसहोम पुर्याउने लक्ष्य राखेको छ । जिओग्राफी मार्फत प्रत्येक नेपालीको घरमा पुग्न सक्ने क्षमता भएको कारण लक्ष्यअनुसार काम हुने डिसहोम सञ्चालकको भनाइ छ ।

यो क्षमता डिसहोममा मात्रै भएको कारण लक्ष्यअनुसार काम हुनेमा सञ्चालक विश्वस्त छन् । बजारमा आएका अरू च्यानल सञ्चालक कम्पनीभन्दा डिसहोमले आफ्नो मजबुत संयन्त्र भएको बताउँदै आएको छ ।

सबै नेपालीका घरमा पुग्ने लक्ष्यसँगै मनपर्ने सामग्री पनि दिँदै जाने तयारीमा डिसहोम लागेको छ ।

‘लक्ष्य सफलतापूर्वक पार गर्नका लागि तत्कालका लागि डिसहोमलाई कन्टेनको चुनौती छ । दर्शकलाई मनपर्ने र समय अनुसारको खुराक दिनुपर्ने निष्कर्षमा डिसहोम छ ।’ डिसहोमका ब्रान्च म्यानेजर मनोज न्यौपानले बताए ।

नेपालमा डिसहोम च्यानल सञ्चालनमा आएको ८ वर्ष भयो । सुरुवाती वर्षमा डिसहोम ६० वटा च्यानलबाट सुरु गरिएको थियो । अहिले  १ सय ५० भन्दा धेरै च्यानल डिसहोममा जोडिएका छन् ।
ब्रान्च म्यानेजर मनोज न्यौपाने भन्छन्, ‘हामीले डिसहोमको सेवा सुरु गरेको पहिलो वर्षमा ४० हजार नेपालीले डिसहोम प्रयोग गर्नुभएको थियो । तर अहिले एक महिनामै ४० हजारभन्दा धेरैले डिसहोम जोड्ने गरेका छन् ।’

उनका अनुसार अहिलेसम्म नेपालमा १२ लाख परिवारले डिसहोमको डिजिटल सिग्नल मार्फत नेपाली च्यानल हेर्दै आइरहेका छन् । डिसहोम सुरुवातको समयमा नै नेपालमा डिजिटल प्रविधिको च्यानल हुनुपर्छ भन्ने सोचाइका व्यक्तिहरू नै निकै कम थिए । तर परिवर्तनशील समयसँगै अहिले नेपालीको माग पनि बढेको छ । विश्व बजारका धेरै कुराहरूमा नेपालीको सोच मिल्ने भएको हुँदा बिस्तारै डिसहोम प्रयोगकर्ताको माग बढ्दै गएको न्यौपानेको बुझाइ छ ।

विशेषतः सुरुवातको समयमा नेपालको मुख्य–मुख्य सहरहरूमा डिसहोमको डिलर राखिएका थिए । यस कारण पनि डिसहोम प्रयोग गर्नेमा सहरका व्यक्तिहरू नै बढी थिए ।
अहिले नेपालभर डिसहोमको ८० जना डिलर, ३५ सयदेखि ४ हजारको हाराहारीमा सब डिलर र प्वाइन्ट गरेर नेपाल भर १२ देखि १३ हजारको सङ्ख्याबाट डिसहोमको सेवा प्रदान गर्दै आइरहेको छ ।

२९९९ ले फाइदा   
अब तपाईंले २९९९ मा डिसहोस जोड्न सक्नुहुने छ ।

यो व्यवस्था डिसहोमले ग्राहकलाई नै मध्य नजर गर्दै चलाएको हो । एक वर्ष पहिलादेखि ५० प्रतिशत छुटमा डिसहोमको डिजिटल सिग्नल जडान हुँदै आएका छन् ।    
डिसहोम सुरुवातको समयमा दुईवटा कम्पनीले सञ्चालनमा ल्याएको थियो । त्यो समयमा ७ हजार ३ सय ४५ र ८ हजार ४ सय गरी दुईवटा मूल्यमा डिसहोम जोड्न सकिन्थ्यो । तर अहिले तपाईंले ६ हजारमा डिसहोम जोड्न सक्नुहुने छ ।

५० प्रतिशत छुटमा भने २ हजार ९ सय ९९ मा पनि डिसहोम प्रयोग गर्न सक्नुहुने छ । डिसहोमको मूल्य सुरुवातीको दिनमा भन्दा अहिले ५० प्रतिशत कम रहेको म्यानेजर न्यौपाने बताउँछन् ।
‘५० प्रतिशत छुटले डिसहोमको मार्केट बढाएको छ,’ उनले भने ।

डिसहोमले प्रत्येक वर्ष अन्य च्यानलभन्दा केही न केही फरक विषयलाई समेट्दै जाँदा ग्राहकहरूको सङ्ख्या बढ्दै गएको म्यानेजर न्यौपानेको भनाइ रहेको छ ।

१४ अञ्चलमा सर्भिस, कल सेन्टर, फोन गर्दा पैसा नलाग्ने र दर्शकले खोजेको कुरालाई थप्दै जाँदा डिसहोमप्रति ग्राहकको आकर्षण बढेको छ ।

मनोरञ्जनप्रति चासो बढ्दै
पछिल्लो समय नेपालीहरूले मनोरञ्जनमा पनि चासो दिन थालेका छन् । समाचार भन्दा मनोरञ्जनात्मक कार्यक्रम हेर्नेको सङ्ख्या बढी रहेको छ ।

‘नेपाली जनताले भनेको जस्तो टेलिशृङ्खला नेपाली भाषामा हेर्न पाएका छैनन् । टेलिशृङखलाहरू सञ्चालनमा आए पनि कहिले बन्द हुने हो भन्ने टुङ्गो नहुने जस्ता समस्याहरू नेपालीले भोग्दै आएका छन् ।’ न्यौपानेले भने, ‘नेपालमा मनोरञ्जनात्मक कार्यक्रमको डिमान्ड राम्रो छ । यो अवस्थामा डिसहोमले केही हदसम्म राहात दिएको छ ।’

नेपालमा मुख्यतः सबै सेवा सुविधा सहर केन्द्रित भएको हुँदा गाउँका नागरिकले नेपाली सिनेमा हेर्ने मौका पाइरहेका थिएनन् । डिसहोमले अहिले गाउँगाउँमा सिनेमा हेर्ने व्यवस्था गरेको छ ।  

नेपालमा १५ प्रतिशत नागरिक नेपाली चलचित्र हेर्न पाउने अवसरमा छन् । तर चलचित्र हेर्ने भनेको त्यसमा पनि २ देखि ३ प्रतिशत नेपाली रहेका छन् ।

चलचित्रहरू सहरमा हुनु र सहरका नागरिकले हिन्दी अर्थात् अङ्ग्रेजी चलचित्र हेर्ने हँुदा नेपाली चलचित्रले आफ्नो बजार नपाएको म्याजेनर न्यौपानेको ठम्याइ रहेको छ ।

अहिले प्लस मुभी च्यानल मार्फत ४ लाख नागरिकले आफूलाई मन परेको चलचित्र हेर्दै आइरहेका छन् । त्यसका लागि छुट्टै पैसा तिर्नुपर्ने हुन्छ ।

स्पोर्ट, म्युजिकल च्यानलहरू सञ्चालनमा आइरहेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप