बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

पत्रकार महासङ्घको भवन शिलान्यास

आइतबार, ०९ माघ २०७३, १४ : २२
आइतबार, ०९ माघ २०७३

बागलुङ -  नेपाल पत्रकार महासङ्घ बागलुङको आफ्नै भवन बन्ने भएको छ ।

महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टले आज भवनको शिलान्यास गर्दै महासङ्घको भवन पत्रकारको मात्र नभएर समाजको साझा हुने उल्लेख गरे । श्रमजीवी पत्रकारको हित र पत्रकारिताको व्यावसायिक विकासका पक्षमा महासङ्घले विभिन्न कार्ययोजना लागू गरेको उनको भनाइ छ ।

रु एक करोडको लागतमा बन्न लागेको भवन दुई वर्षभित्रमा पूरा गर्ने लक्ष्य लिइएको शाखा अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए । बागलुङ नगरपालिका– २ मा बन्ने भवन चारतले हुने उनले जानकारी दिए । भवनमा सुविधासम्पन्न सभाकक्ष र सूचना केन्द्र पनि रहने जनाइएको छ ।

यस्तै भवनको लागि भोगचलनमा जग्गा उपलब्ध गराउने बागलुङ नगरपालिका कार्यालयले सोही भवनमा अनाथालय पनि निर्माण गर्ने योजना छ । भवन निर्माणका लागि हालसम्म रु साढे १२ लाख सङ्कलन भएको र निर्माणको काम तुरुन्त सुरु हुन जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप