बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

‘नेपाली आइडल’पछि रोडिजको नेपाली संस्करणको घोषणा

आइतबार, ०९ माघ २०७३, १४ : ३०
आइतबार, ०९ माघ २०७३

काठमाडौं – भारतमा निकै चर्चित रहेको रोडिजको नेपाली संस्करणको घोषणा गरिएको छ ।

रोडिज् एमटिभि इन्डियाको सबैभन्दा बढि रेटेड कार्यक्रमहरु मध्ये एक हो जसले आफ्ना पछिल्ला थुप्रै प्रतियोगीहरुको करियर सुरु गर्ने विशेष टेवा पु¥याएको छ । यस कार्यक्रमले विभिन्न चर्चित सेलिब्रिटिहरु जस्तै रघु, राजीव, रणविजय सिंह, आयुषमान खुराना तथा बानी जे लाई चिनाउनुका साथै उनिहरुको करियर बनाउन विशेष प्लाटफर्म प्रदान गरिसकेको छ ।

आफ्नो बढ्दो लोकप्रियता सँगै रोडिज्ले नेपालमा पनि थुप्रै दर्शकहरु पाइसकेको छ जसमध्ये धेरै यस कार्यक्रमका “हार्डकोर फलोअर” बनिसकेका छन् ।

हाल नेपाली टेलिभिजनहरुमा मनोराञ्जनात्मक कार्यक्रमहरुको कमीका कारण दर्शकहरु कम भइरहेको समयमा यो नयाँ कार्यक्रम आउन लागेको हो ।

यस सिरिजका निर्देशक अमन प्रताप अधिकारीका अनुसार – “यस्तो ठूलो स्तरको अन्तराष्ट्रिय फ्रेन्चाइज राष्ट्रिय टेलिभिजनमा प्रसारित हुनु हामी सबैको लागि एकदम रोमाञ्चक कुरा हो । यसले नेपाली प्रोडक्शन प्रयासहरुलाई अन्तराष्ट्रिय स्तर प्राप्त गर्न मदत पु¥याउनेछ ।”

हिमालय रोडिज् पाँचवटा फरक–फरक सहरहरु – पोखरा, बुटवल, चितवन, धरान र काठमाडौंमा अडिशनको गरिने आयोजकले जनाएका छन् ।

भायाकम १८ र एमटिभी इन्डिया सँगको साझेदारीमा यस कार्यक्रमलाई नेपालीहरु बीच ल्याउन पाएकोमा हिमालय टेलिभिजनबाट प्रशारण हुनेछ ।

हिमालय रोडिजका तीन निर्णायकहरुमा दिया मास्के, रेमनदास श्रेष्ठ र आशिस राना ‘लाहुरे’ रहेका छन्।

यस कार्यक्रमको टाइटल स्पन्सर बजाज एभेन्जर रहेको छ भने स्टाइल पार्टनरको रुपमा सेट वेट र सहकार्यमा एनसेल, आजियाटा सम्बद्ध कम्पनी रहेको छ ।

हिमालय रोडिज्का विजेताले रु. २० लाख र एउटा बजाज एभेन्जर जित्नेछन् ।

यस कार्यक्रमको आवेदन फर्म बजाजको शोरुम, एनसेल सेन्टर र नेपाल एसविआई बैकको सबै शाखा कार्यलयहरुमा देशभर यही जनवरी २५, २०१७ बाट वितरण गरिनेछ र हिमालय टेलिभिजनको अनलाइन साइटमामा आजैबाट फर्म भर्न पाइने छ ।

शिल्क एयरको दशौ वार्षिकोत्सबको अवसरमा हिमालय रोडिजको रजिस्टेसनको लक्कि ड बाट छानिएका द्ई जनालाई सिंगापुरको राउन्ड टिप टिकट प्रदान गरिने छ । त्यस्तै रोडिजको विजेताले शिल्क एयरले उडान भर्ने १३ देश र ५३ शहरमध्ये कुनैपनि एकको राउन्ड टिप टिकट प्राप्त गर्नेछ । साथै फस्ट रनर अपले सिंगापुरको राउन्ड टिप टिकट प्राप्त गर्नेछ। शिल्क एयर सिंगापुर एयरलाईन्सको छाता कंम्पनी हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप