बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

राँगाको आक्रमणबाट मृत्यु

आइतबार, ०९ माघ २०७३, १५ : ११
आइतबार, ०९ माघ २०७३
सप्तरी - कविलासा गाविसमा राँगाको आक्रमणबाट आज ७१ वर्षीय वच्चिलाल यादवको मृत्यु भएको छ । कविलासा गाविस– ७ निवासी यादवलाई घर नजिकै गहँु खेतमा गहँु खान आएको राँगालाई धपाउने क्रममा आक्रमण गरिएको इलाका प्रहरी कार्यालय पातोले जनाएको छ । राँगाको आक्रमणबाट घाइते उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप