बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

जोकोभिचपछि मुर्रे अस्ट्रेलियन ओपनबाट बाहिरिए

आइतबार, ०९ माघ २०७३, १५ : ४४
आइतबार, ०९ माघ २०७३

मेलबर्न – विश्व नम्बर १ एन्डी मुर्रेको पहिलोपटक अस्ट्रेलियन ओपन जित्ने सपना चकनाचुर भएको छ ।

विश्व वरियतामा ५० औँ स्थानमा रहेको मिस्चा जेभरेभसँग चौँथो चरणमा पराजित हुँदै मुर्रे प्रतियोगिताबाट बाहिरिएका हुन् ।

सर्भमा आठ पटक गुमाएका मुर्रेलाई जेभरेभले ७–५, ५–७ ६–२, ६–४ ले पराजित गरेका हुन् ।

सन् २००९ पछि प्रतियोगिताबाट यति चाँडो बाहिरिएको मुर्रे पहिलो पटक हुन् । आफूभन्दा कम बरियताका खेलाडीसँग पराजित भएको सन् २००६ पछि पहिलो अवसर पनि हो ।

यसअघि उनको प्रतिद्वन्द्वी तथा ६ पटकका विजेता नोभक जोकोभिच पनि तेस्रो चरणबाट बाहिरिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप