बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

१० प्रतिशत सेवा शुल्क बाँड्न नसक्ने हानको भनाई

आइतबार, ०९ माघ २०७३, १६ : ३०
आइतबार, ०९ माघ २०७३

काठमाडौ– बिभिन्न मजदुर संघ संगठनले सेवा शुल्कबापत ग्राहकबाट लिइँने १० प्रतिशत शुल्क बाँडफाँड गर्न नसक्ने होटल संघ नेपाल (हान) ले स्पष्ट पारेको छ । हानले एक विज्ञप्ति जारी गर्दै केहि मजदुर संगठनले उठाएका माग पुरा गर्न नसक्ने भन्दै सेवा शुल्क बापतको रकम मजदुरहरुलाई वितरण गर्दा होटल तथा रेष्टुरा नै बन्द गर्नुपर्ने अवस्था आउने बताएको छ । हानका तर्फबाट जारी अवधारणा पत्रमा भनिएको छ ‘सेवा शुल्क सबै कामदारलाई उपलब्ध गराउने ट्रेड युनियनहरुको मागका सम्बन्धमा सदस्य होटल प्रतिष्ठानहरुसँग भएका छलफल तथा विचार विमर्शमा चलिआएको ६८ प्रतिशत र ३२ प्रतिशत होटल सञ्चालन पक्षबीचको बाँडफाडको स्थितिमा संशोधन नै गर्नुपर्ने भए वर्तमान बजार र उपभोक्ताहरुको हितलाई समेत मध्यनजर राखेर समग्र सम्झौता नै संशोधन गर्न सकिन्छ । तर, ट्रेड युनियनको एकपक्षीय अडान र दबाब मान्य नहुने राय जोडदार रुपमा व्यक्त भएको छ ।’

सदस्य होटलहरुले सम्झौतामा ट्रेड युनियनहरुले अधिकार पालना गर्न प्रतिबद्धता जनाएका सबै कर्तव्यका बुँदागतहरुको पालनामा पनि जोड दिएका छन् । ‘अप्ठेरो आर्थिक स्थितिबाट गुज्रिरहेका होटल व्यवसायीहरु वर्तमान स्थितिको नजिकबाट मूल्यांकन गरिरहेका छन् र प

हिलेको भन्दा नितान्त संगठित र अग्रसर भएर स्थितिको सामना गर्न एकजुट छन् ।’ प्रधानमन्त्री, मन्त्री एवं सचिव तथा नेपाल सरकारका सम्बन्धित निकायहरुलाई समेत जानकारी गराइएको हानको ध्यानाकर्षणपत्रमा ट्रेड युनियन, कामदार र होटल व्यवसायी एकै परिवारका सदस्य भएको र आपसी सद्भाव र सहयोगविना उन्नति प्रगति सम्भव नभएको पनि उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप