बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

थारु महोत्सव : मुसाको चट्नीदेखि अनादीको भातसम्म

आइतबार, ०९ माघ २०७३, १६ : ३१
आइतबार, ०९ माघ २०७३

दाङ– नेपालमै पहिलो पटक दाङको चखौरामा हुन लागेको थारु माघी सांस्कृतिक महोत्सव २०७३ को सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

बड्घर भलभन्सा महटँवा महासंघ केन्द्रिय समितिले तुलसीपुरमा पत्रकार सम्मेलन गरि माघ ११ र १२ गते हेकुली गाविस ८ चखौरामा हुने सांस्कृतिक महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

महोत्सवमा मुसाको चट्नी देखी अनदिको भातको समेत व्यवस्था गरिने महासंघका केन्द्रिय अध्यक्ष तथा सांसद डिल्ली बहादुर चौधरीले जानकारी दिए ।

महोत्सवमा ढिक्रि, घोंघी, गँगटा, बयरको चट्नी, जाँरको झोल लगाएतका खानाको परिकारको व्यवस्था गरिने छ । महोत्सवमा २० वटा स्टल राखिने छ ।

स्टलमातोरी पेल्ने काठको कोल, लरी, माटाका भाँडाकुँडा, तथा हस्तकलाका समाग्रीहरु ढकीया, डेल्वा, हेल्का, जाल, टापी प्रदर्शनीका रुपमा राखिने छ । त्यसैगरी राना, देउसरिया, कठरिया, देउखुरिया, डँगौरा थारुको भेषभूषा तथा गरगहनाहरुको प्रदर्शनी पनि मुख्य आकर्षकका रुपमा रहने छन् ।

महोत्सवको दुइ दिन दुइ रात सम्म बर्कानाच, झुम्रा नाचा, छोक्रा नाच, हुर्दङ्गगा नाँच, सखिया नाच, पैयाँ नाच, मोरङ जिल्लाको मोरंग्या नाच, चितवनको थारु नाच, भारतको चम्परान जिल्लाको थारु नाच लगाएत ३ सय बढी नाच देखाइने अध्यक्ष चौंधरीले जानकारी दिए । महोत्वसमा छिमेकी भारत सहित देशका विभिन्न भागबाट गरि ४ हजार थारु समुदायका मटहवाहरुको सहभागिता रहने छ ।

यसैबीच महोत्सवको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप