बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

जिविसको गतल सूचनाले भक्तपुरका भूकम्पपीडितलाई सास्ती

आइतबार, ०९ माघ २०७३, १६ : ४९
आइतबार, ०९ माघ २०७३

भक्तपुर – भूकम्प गएको २० महिना बितिसक्दा पनि भक्तपुरका भूकम्प पीडितले घर निमार्णका लागि सरकारले दिने भनेको पहलो किस्ता स्वरुपको ५० हजार पाउन सकेका छैनन् ।

आज आईतबारबाट सबै बंैकले लाभग्राहीलाई पहिलो किस्ता दिने खबर सार्वजनिक भएसंगै बैंकमा आएका सर्वसाधरण रितो हात घर फर्किन बाध्य भएका छन् ।

जिल्ला विकास समितिले केही संचारकर्मीलाई आजबाट रकम वितरण गर्ने भनेर समाचार सम्प्रेषण गरेपछि भूकम्प पीडितहरु विभिन्न बैंकको शाखामा पुगेका थिए ।

बच्चाको स्कुलमा गएको समयमा आज पैसा पाइन्छ भनेर काम छोडेर बैंक आएको तर बैंकले पैसा दिन केही दिन लाग्ने बताएको चागुँनारायण नगरपालीका–९ चागुँकी लिलादेबि भुजेलले बताइन् ।

चागुँनारायण नगरपालीका–४ का पुष्प कार्कीले भने ‘संचारमाध्यममा आएको समाचार हेरेर आएको तर पैसा पाइएन् ।’

यता भक्तपुरका स्थानीय विकास अधिकारी धुव्र प्रसाद कोइरालाले पूननिर्माण प्राधिकरणले चेक पठाइसकेको तर बैंकको आफ्नै कारणले लाभग्राहीले रकम पाउन ढिला भएको बताए । कोइरालाले भने ‘रकम प्राप्त भइसकेकाले कुनै कुनै बैंकमा केहि दिन लाग्न सक्छ’ ।

यता नेपाल बैंक कमलविनायक शाखा प्रमुख सन्तोष न्यौपानेले पूर्ननिमार्ण प्राद्यिकरणले लाभग्राहीको नामावली पठाउन बाकीँ रहेको बताए ।

उनले भने ‘९ करोड १५ लाखको चेक प्राप्त भएको छ तर त्यसलाई मिलाउन केही दिन लाग्छ ।’ भक्तपुरमा हाल पूर्ननिमार्ण प्राधिकरणले २० हजार ३ सय लाभग्राहीसंग सम्झौता गरेको छ । हाल ९० करोड रकम प्राप्त भएको र उक्त रकम १८ हजार भूकम्प पीडितलाई पुग्ने छ । अन्यलाई क्रमश प्राप्त हुने पूर्ननिमार्ण प्राधिकरण जिल्ला समन्वय समिति भक्तपुरका सदस्य सचिव मुराहरी वस्तीले बताए ।

भक्तपुरमा सरकारी र निजीगरी विभिन्न १४ बैंकका २२ शाखाबाट भूकम्प पीडितहरुलाई रकम वितरण गर्ने तयारी भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप