बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम प्रभावकारी, दैनिक ४० देखि ५० करोड प्रतिबद्धता : उर्जामन्त्री

आइतबार, ०९ माघ २०७३, १६ : ५४
आइतबार, ०९ माघ २०७३

काठमाडौँ – उर्जा मन्त्रालयले ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रमले सकारात्मक प्रभाव पारेको जनाएको छ ।

उर्जा मन्त्रालयले कार्यक्रमले स्वदेश तथा विदेशबाट नेपालको जलविद्युतमा लगानी गर्ने प्रतिवद्धता आउन सुरु गरेको जानकारी गराएको हो ।

उर्जामन्त्री जनार्दन शर्माले स्वेदश तथा विदेशमा रहेका नेपालीहरुले प्रतिवद्धता जनाएको रकम जम्मा भएपछि जलविद्युतमा लगानी गर्ने सरकारको तयारी रहेको पनि स्पष्ट पारे । उनले प्रतिवद्धता आइसकेपछि लगानी गर्ने आयोजना, त्यसको लागत, निर्माण अवधी र त्यसबाट आउने प्रतिफललगायतको बारेमा लगानीकर्ताहरुलाई जानकारी गराउने पनि बताए ।

कार्यक्रमबाट प्राप्त भएको रकम राष्ट्रिय गौरवको जलविद्युत आयोजनामा लगानी गर्ने सरकारको योजना रहेको छ ।

मन्त्रालयले अनलाइनमार्फत जलविद्युतमा लगानी गर्न आह्वान गरेपछि दैनिक ४० देखि ५० करोड रुपैयाँको प्रतिवद्धता आउने गरेको दावी पनि गरिएको छ ।

हालसम्म आएको प्रतिवद्धतामा विदेशमा रहेका युवाहरुले बढी चासो देखाएको पनि मन्त्री मन्त्री शर्माले जानकारी दिए । मन्त्रालयले जलविद्युतमा लगानी गर्न आम जनतामा जनचेतनाको आवश्यक रहेको पनि औल्याउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप