बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

रियलमाथि दबाब बनाउँदै बार्सिलोना र सेभिया

सोमबार, १० माघ २०७३, ०९ : ३५
सोमबार, १० माघ २०७३

बार्सिलोना – इबारलाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले शीर्ष स्थानमा रहेको बार्सिलोनामाथि दबाब कायम राखेको छ ।

आइतबार राती स्पेनिस ला लिगा अन्तरगत भएको खेलमा बार्सिलोना ४–० गोल अन्तरले विजयी भएको हो ।

खेलको पहिलो हाफमा घाइते सर्जियो बुस्केटको स्थानमा आएका डेनिस सुवारेजले बार्सिलोनालाई अग्रता दिलाए ।

खेलको दोस्रो हाफमा लियोनेल मेस्सी, लुइस सुवारेज र नेयमारले एक–एक गोल थप्दै बर्सिलोनालाई सहज जित दिलाए ।

अर्को खेलमा दोस्रो स्थानमा रहेको सेभियाले उत्कृष्ट पुनरागमन गर्दै संघर्षपूर्ण खेलमा ओसासुनालाई ४–३ गोलअन्तरले पराजित गरेको छ ।

सर्जियो लियोनले ओसासुनालाई अग्रता दिलाए पनि सेभियाका कप्तान भिन्सेन्ट इबोराले खेल बराबरीमा ल्याए ।

खेलको दोस्रो हाफमा इबोराले आत्मघाती गोल गरेपछि सेभिया पुनः पछि पर्यो ।

तर, फ्रान्को भाजक्वेज र पाब्लो साराबियाले गोल गर्दै सेभियाको जीत सुनिश्चित गरे ।

खेलको इन्जुरी समयमा केनान कोड्रोले गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

१९ खेलबाट सेभिया ४२ अंकसहित दोस्रो स्थानमा रहेको छ भने एक अंकपछि बार्सिलोना तेस्रो स्थानमा रहेको छ ।

शीर्ष स्थानमा रहेको रियलको ४३ अंक रहेको छ । तर, उसले एक खेल कम खेलेको छ ।

हिजै भएको अन्य खेलमा एथ्लेटिको म्याड्रिड एथ्लेटिक बिल्बाओसँग २–२ को बराबरीमा रोकिएको छ । एथ्लेटिको ३५ अंकसहित चौँथो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप