बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

कोस्टा फर्किँदा चेल्सीलाई शीर्ष स्थानमा ८ अंकको अग्रता

सोमबार, १० माघ २०७३, ०९ : ५५
सोमबार, १० माघ २०७३

लण्डन – डिएगो कोस्टा टोलीमा फर्किँदा चेल्सीले हल सिटीलाई पराजित गर्दै शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ ।

स्पेनिस स्ट्राइकरले गत हप्ता लेस्टर सिटीविरुद्ध ३–० को जीत हासिल गर्दा खेल गुमाएका थिए । चिनियाँ क्लबबाट अफर आएपछि उनी र क्लबबीच असमझदारी बढेको बताइएको थियो ।

तर, खेलअघि प्रशिक्षक एन्टोनियो कोन्टेले कोस्टासँग कुनै असमझदारी नरहेको बताउँदै टोलीमा समावेश गरेको बताएका थिए ।

यस सिजन चेल्सीका शीर्ष गोलकर्ता मैदान प्रवेश गर्दा समर्थकहरुले तालीले स्वागत गरेका थिए ।

उनले नै पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । चेल्सीका लागि १ सयौँ खेलमा उनको यो ५२ औँ गोल हो ।

खेलको अन्त्यतिर ग्यारी केहिलले अर्को गोल थपे ।

जीतसँगै चेल्सीको २२ खेलपछि ५५ अंक रहेको छ । चेल्सीले योसँगै घरेलु मैदानमा प्रिमियर लिगमा १ हजार २ अंक जित्न सफल भएको छ । यस्तो कोशेढुंगा पार गर्ने चेल्सी तेस्रो क्लब हो । यअसघि म्यान्चेस्टर युनाइटेड र आसर्नलले घरेलु मैदानमा १ हजार अंक जितेका थिए ।

हिजो भएको अन्य खेलमा १० खेलाडीमा सिमित आर्सनलले नाटकीय रुपमा बर्नलीलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

खेलको ५९ औँ मिनेटमा स्खोड्रान मुस्ताफीले आर्सनलले अग्रता दिलाएका थिए ।

तर, ग्रानिट जाकाले रातो कार्ड खाँदै मैदानबाट बाहिरिए पछि आर्सनल १० खेलाडीमा सिमित बनेको थियो ।

खेलको इन्जुरी समयमा बर्नलीले पेनाल्टीलाई गोलमा परिणत गरे पछि खेल १–१ को बराबरीमा पुग्यो ।

तर, नाटकीय रुपमा त्यसको केही समयमा नै आर्सनलले पनि पेनाल्टी पायो ।

जसलाई एलेक्सिस सान्चेजले गोलमा परिणत गर्दै आर्सनललाई महत्वपूर्ण तीन अंक दिलाए ।

जीतसँगै आर्सनल ४७ अंकसहित लिगको दोस्रो स्थानमा रहेको छ ।

उता, डिफेन्डिङ च्याम्पियन लेस्टर सिटी भने साउथ ह्याम्पटनसँग ३–० ले पराजित भएको छ ।

पराजयसँगै लेस्टर लिगको १५ औँ स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप