बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

एमालेको रोग : गुटभित्र उपगुट

सोमबार, १० माघ २०७३, १० : ३४
सोमबार, १० माघ २०७३

काठमाडौं– नेकपा एमालेको नवौं महाधिवेशनमा दुई समूहबाट प्यानल घोषणा गरेर नेतृत्वका लागि लडेका थिए । त्यसपछि एमालेका दुई समूह कायमै छन् ।

एउटा समूहको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व बरिष्ठ नेता माधवकुमार नेपालले गरेका छन् । अधिवेशन भएको अढाई वर्ष बितिसक्दा पनि महाधिवेशनेको बेला बनेको समूह कामयै छन् ।

असोजमा भएको एमालेको केन्द्रीय समितिको बैठकबाट एमालेभित्रको गुट सकिएको घोषणा गरेको थियो । अध्यक्षको ओलीको दस्तावेजमा छ ‘कुनै पनि स्तरका कमिटी तथा जनसंगठनका निर्वाचन प्यानल सूचीका आधारमा नगर्ने र उम्मेदारको योग्यता क्षमता, योगदान, लोकप्रियता तथा इमान्दारीताको आधारमा निर्वाचन हुने वातावरण सिर्जना गर्ने ।’

पार्टी दस्तावेजका विपरित गुटगत आधारमा पार्टी र अन्य जनसंगठनमा प्यानल बनाएर निर्वाचनमा होमिएको छ ।

नेपालगञ्जमा भएको निजमति कर्मचारीको महाधिवेशनमा ओली समूह र नेपाल समूह प्यानल घोषणा गरेर नै निर्वाचनमा होमिएका थिए । चितवन, बागलुङ, मोरङका पार्टी जिल्ला सम्मेलनहरु प्यानल अनुसार उम्मेदवार उठाएर लडे ।

एमालेमा यो त बाहिर देखिने गरी हुने दुई समूहमा हुने पार्टीका गतिविधिहरु भए । पार्टीका विभागहरुका संयोजक जुन समूहका छन्, त्यो विभागको कार्यक्रममा आफ्नो समूहको नेतालाई प्रमुख अतिथि बनाउछन् ।

युवा तथा खेलकुद विभागको प्रमुख कर्ण थापाले राष्ट्रिय सभागृहमा कार्यक्रम गर्दा ओली प्रमुख अतिथि थिए भने अन्य अतिथिमा पनि ओली समूहकै नेताहरुको सहभागी थिए ।

त्यस्तै मंसिर २४ गते भएको शहरी विकास विभागको कार्यक्रममा प्रमुख अतिथि थिए माधवकुमार नेपाल र अतिथि थिए सुरेन्द्र पाण्डे । कार्यक्रममा नेपालका समूहका नेताहरु बढी थिए ।

एमालेका बाहिर देखिँदा दुई समूह अथवा गुट देखिए पनि गुटभित्र उपगुट पनि छन् । बाहिर हेर्दा पार्टी मिलेको जस्तो देखिए पनि भित्रभित्र एमालेमा गुटहरु रहेका कुरा स्वीकार्छन् केन्द्रीय सदस्य लालबहादुर थापा । थापा भन्छन्, –‘हामीले नेताहरुलाई ठूलो पार्टीका नेता बनाउन खोज्छौँ, तर नेताहरु आ–आफ्नै गुटमा रमाएका छन् ।’

एमालेमा समूहको मात्र होइन, व्यक्तिका पनि गुट छन् । एमाले सचिव पृथ्वी सुब्बा गुरुङ भन्छन्,–‘माक्र्सवाद, द्धन्द्धवाद मान्ने पार्टीमा विचारको बहस हुनु अन्यथा होइन । जब विचारको बहस भएन भने पार्टी कसरी सञ्चालन हुन्छ ।’

उनले भने ‘जसको विचार जोसँग मिल्छ ती साथीहरु बसेर विचारको छलफल गर्नु अन्यथा होइन, एमालेमाथि जब संकट आउँछ ती सबै बहस थाति राखेर पार्टीको लागि लड्छाँै ।’ गुरुङको यो भनाइबाट पनि पुष्टि हुन्छ कि एमालेमा गुटमात्र होइन उपगुट पनि छन् भनेर ।

केपी ओली समूह

१.केपि ओली अध्यक्ष २.बामदेव गौतम उपाध्यक्ष ३.ईश्वर पोख्रेल महासचिव ४.विष्णु पौडेल उपमहासचिव ५.पृथ्वीसुब्बा गुरुङ सचिव ६.प्रदिप ज्ञवाली सचिव ७.किरण गुरुङ स्थायी समिति सदस्य ८.छविलाल विश्वकर्मा स्थायी समिति सदस्य ९.शंकर पोख्रेल स्थायी समिति सदस्य १०.सुवास नेम्वाङ ११.अग्नी खरेल

उपगुट १.बामदेव गौतम उपाध्यक्ष २.किरण गुरुङ स्थायी समिति सदस्य ३.राधा ज्ञवाली पोलिट ब्यूरो सदस्य ४.यामलाल कँडेल पोलिट ब्यूरो सदस्य ५.महेश्वर पाठक केन्द्रीय सदस्य ६.लालबहादुर थापा केन्द्रीय सदस्य ७.रविन्द्र अधिकारी केन्द्रीय सदस्य ८.मोहन बाँनिया केन्द्रीय सदस्य ९.पदमा अर्याल १०.हरि पराजुली केन्द्रीय सदस्य ११.केशवलाल श्रेष्ठ १२.दलबहादुर राना

बामदेव गुटको सबै खटन पटन गर्ने कार्य किरण गुरुङले गर्ने गरेको एमाले स्थायी समितिका एक सदस्यले बताए । तर गुरुङ भन्छन्,–‘मैले कुनै गुट चलाएको छैन । म गुट विरोधि मान्छे हुँ ।’

नवौँ महाधिवेशनमा अध्यक्ष ओलीसँग मिलेर बामदेव गौतलले माधव नेपाल समूह छोडेका थिए । ०५४ सालमा पार्टी फुटाएर माले बनाएका गौतम पुन एमालेमा समाहित भएपनि आफ्नो गुट भने यथावत राखेका थिए । एमालेले ०५४ सालमा विभाजन भएर माले भएपछि निर्वाचनमा नराम्रोसँग पराजय भोग्नु परेको थियो भने मालेले देशभरीबाट एउटा पनि सिट जित्न सकेको थिएन ।

नेता गौतमले आफ्नो टिम लिएर एमालेमा फर्केका थिए । तर सिपि मैनाली भने अहिले सम्म माले पार्टी चलाएर बसेका छन् ।

ओली समूहभित्र अर्को पनि उपगुट छ ।

उपगुट

१.ईश्वर पोख्रेल महासचिव २.राजेन्द्र गौतम ३.गोरख बोगटी पोलिट ब्यूरो सदस्य ४.आन्द पोख्रेल सांसद ५.कृपाशुर शेर्पा सांसद कम्युनिष्टहरुमा संगठनमा बलियो पकड मानिन्छ महासचिवको । महासचिवले नै पुरा पार्टीको संगठन चलाउनुपर्छ । तर, महासचिव जति फरकाकिलो सोचको हुनुपर्ने हो तर त्यो सोच महासचिव इश्वार पोखरेलमा नपाइएको एमाल नेता–कार्यकर्ता ठान्छन् । पोलिटब्यूरो सदस्य श्रीमाया थकाली भन्छिन,–‘उहाँसँग नेता कार्यकर्ता बस्न मन पराउँदैनन् । गुट बनाउनुहुन्छ, तर सानो घेरामा आफूलाई विश्वास लागेका मान्छेहरु भन्दा अलि पर जाने सोच छैन ।’

उपगुट १.शंकर पोख्रेल स्थायी समिति सदस्य २.प्रदिप ज्ञवाली सचिव ३.छविलाल विश्वकर्मा स्थायी समिति सदस्य ४.विष्णु रिमाल पोलिटव्यूरो सदस्य ५.शेरधन राई पोलिट ब्यूरो सदस्य ६.कर्ण थापा पोलिट ब्यूरो सदस्य ७.भानुभक्त ढकाल पोलिट ब्यूरो सदस्य ८.हिक्मत कार्की केन्द्रीय सदस्य ९.गणेश तिमिल्सेना पोलिट ब्यूरो सदस्य १०.गोकुल घर्ती पोलिट ब्यूरो सदस्य ११.सत्यनारायण मण्डल स्थायी समिति सदस्य

ओली समूहमा सबै भन्दा शक्तिशाली उपगुट यसैलाई मानिन्छ । एमाले पार्टी र ओली समूहमा सबै भन्दा प्रभाव पार्ने उपगुट यही हो । यसले एमालेको नीति निर्माण तहमा आफ्नो प्रभाव राख्ने गरेको बताइन्छ ।

गुट सञ्चालन गर्न यो समूहका दुई नेता खप्पिस मानिन्छन् । शंकर पोखरेल र प्रदीप ज्ञवाली । तर केन्द्रीय सदस्य हिक्मत कार्कीले यो कुरा स्वीकारदैनन् । ओली समूहमा सबैभन्दा गुट संचालन गर्न सक्ने नेताका रुपमा ज्ञवाली र पोख्रेललाई लिन्छन् । कार्की भन्छन्–‘गुट चलाउन परेको समयमा हामीले गरेको हो बरु, ती दुई जनालाई गुट चलाउन आउदैन ।’

ओली समूहमा रहेका केही नेताहरु अन्य उपगुटमा नबसेर सिधै ओलीसँग जोडिएका छन् । सुवासचन्द्र नेम्वाङ र अग्नी खरेलले कुनै उपगुटमा छैनन्, उनीहरु ओली गुटका हुन् । तर उपमहासचिव विष्णु पौडेलको पनि सानो उपगुट रहेको चर्चा एमाले भित्र छ ।

विष्णु पौडेल उपगुटमा रहेका बताइने खिमलाल भट्राईले भन्छन्, ‘सिनियर नेताहरुलाई सम्मान छ । एमालेमा गुट उपगुट महाधिवेशनमा थियो । त्यो समयमा आफू पनि विष्णु पौडेलको विचार नजिक थिए । तर अहिले सबै एमालेको विचार, नीति र विधान अनुसार चलेका छन् ।’

उपगुट

१.विष्णु पौडेल २.वैजनाथ चौधरी केन्द्रीय सदस्य ३ खिमलाल भट्राई केन्द्रीय सदस्य ४.लिला गिरी केन्द्रीय सदस्य एमालेमा अर्को समूह हो मदन भण्डारीको मृत्युपछि पार्टी महासचिव भएर एमाले हाकेका अर्का नेता माधव कुमार नेपालको । नेपालले पहिलो संविधान सभाको निर्वाचनमा एमाले पार्टी तेस्रो भएपछि नैतिकताको आधारमा राजीनामा दिएका थिए । त्यसपछि बुटवलमा भएका आठौं महाधिवेशनबाट अर्को नेता झलनाथ खनाल पार्टी अध्यक्षमा विजयी भएका थिए । नवौं महाधिवेशनमा नेपाल र ओलीबीच प्रतिस्पर्धा हुँदा ओली विजयी भएका थिए । यही महाधिवेशनबाट एमालेमा समूहगत रुपमा पनि धेरै हेरफेर भएको छ । वामदेव समूहका मान्छेहरु अहिलेपनि नेपाल समूहमा छन् । तर गौतम आफै ओली समूहमा छन् ।

माधवकुमार नेपाल गुट

१.माधव नेपाल पार्टी नेता २.झलनाथ खनाल बरिष्ठ नेता ३.भिम रावल उपाध्यक्ष ४.अष्टलक्ष्मी शाक्य उपाध्यक्ष ५.युवराज ज्ञवाली उपाध्यक्ष ६.सुरेन्द्र पाण्डे स्थायी समिति सदस्य ७.घनश्याम भुसाल उपमहासचिव ८.योगेश भट्राई सचिव ९.गोकर्ण विष्ट सचिव १०.भिम आर्चाय सचिव ११.अरुण नेपाल पोलिट ब्यूरो १२.प्रकाश ज्वाला पोलिट ब्यूरो १३.पशुपति चौलागाई पोलिट ब्यूरो १४.वेदुराम भुसाल पोलिट ब्यूरो १५.श्रीमाया थकाली १६.रघुजी पन्त पोलीट ब्यूरो १७.डा. विजय पौडेल पोलिट ब्यूरो १८.शत्रुघन महतो बैकल्पीक पोलिट ब्यूरो १९.ठाकुर गैरे केन्द्रीय सदस्य २०.रामकुमारी झाक्रि केन्द्रीय सदस्य

यो समूहमा भएका तीनजना उपाध्यक्षहरु सिधै नेपालसँगको सम्पर्कमा छन् । अरु सबै नेताहरुको खटन पटनको जिम्मेवारी नेता सुरेन्द्र पाण्डेले गर्छन् । नेपाल समूहमा गुट संचालन गर्नमा पाण्डेलाई नै खप्पीस मानिन्छ । नेपाल माथिल्लो तहमा देखिएपनि उनको समूह सञ्चालन गर्ने पाण्डे नै भएको नेपाल समूहका एक केन्द्रीय नेता बताउँछन् ।

तर अर्का केन्द्रीय सदस्य ठाकुर गैरे भने गुट चलाएपनि पार्टीमा उपगुट नभएको दावी गर्छन् । गैरे भन्छन्,–‘चलाउँदा गुट चलाइन्छ, तर उपगुट चलाइदैन, अहिले त गुट पनि कमजोर भएको छ ।’

वामदेवले पार्टी विभाजन गर्दा उनैसँग लागेका केही युवा नेता भने गौतमलाई छोडेर नेपाल समूहमा छन् । नवौं महाधिवेशनमा ओलीको लाईन मन नपरेपछि नेपाल समूहमा लागेका मालेको पृष्ठभूमि भएका नेताहरु पनि नेपाल समूहमा सानो रुपमा उपगुट सञ्चालन गर्छन् ।

उपगुट

१.घनश्याम भुसाल २.योगेश भट्राई ३.ठाकुर गैरे ४.रामकुमारी झाक्रि ५.रचना खडका ६.गणेश पहाडी

यो उपगुटको नेतृत्व घनश्याम भुसालले गर्ने गरेको बताइन्छ । वैचारिक रुपमा पार्टीमा बहस चलाउँदै आएका भुसालको उपगुट सानै छ । उनी पनि माले समूह भन्दा बाहिर त्यति सम्बन्ध विस्तार गर्न नसक्ने नेता मान्छन्, नेपाल समुहमा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप