बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

भारतमा रेल दुर्घटना, नेपालमाथि गम्भिर आरोप !

सोमबार, १० माघ २०७३, १७ : २३
सोमबार, १० माघ २०७३

काठमाडौँ – आफ्नो रेलवे सेवामाथि पाकिस्तानको आइएसआई एजेन्टले आक्रमण गर्ने योजना तयार गरेको सूचना पाएपछि भारतका गुप्तचर एजेन्सीहरुले नेपालमा लुकेर रहेका पाकिस्तानी एजेन्जीका एजेन्टहरुमाथि निगरानी बढाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार काठमाडौँको ठमेल र पोखरामा रहेका कश्मिरी व्यवसायीहरुले भारतीय रेलवेमाथि आतंकवादी हमला गर्न आइएसआइलाई पैसा फन्डिङ गर्न सहयोग गरिरहेको गम्भिर आरोप लगाएको छ ।

यो पनि पढ्नुहोस्ः

कानपुर रेल दुर्घटनामा आइएसआईको हात, मास्टरमाइन्ड नेपाली !

ठमेलमा मात्र कश्मिरीहरुका ५ सयभन्दा बढी पसलहरु रहेको र त्यहीँबाट आइआएसआइ एजेन्टहरुले आतंकवादीहरुलाई फन्डिङ गरिरहेको दाबी छ । समाचारमा आइएसआइ एजेन्टहरुले नेपालको होटलहरुमा पनि लगानी गरेको उल्लेख छ ।

हालै भारतमा भएको हिराकन्द एक्सप्रेस र इन्दौर–पटना एक्सप्रेस दुर्घटनाबारे छानविनबाट नेपालमा रहेका पाकिस्तानका एजेन्टहरुले घटनालाई घटाउन नेटवर्क सञ्चालन गरेको प्रारम्भिक सूचना भारतीय गुप्तचर एजेन्सीहरुले थाहा पाएका छन् ।

नेसनल इभेस्टिगेसन एजेन्सी (एनआइबी) , इन्टिलिजेन्स ब्युरो (आइबी) र रिसर्च एण्ड एनलाइसिस विङ (रअ) ले विहार प्रहरीले पक्राउ गरेकाहरुलाई सोधपुछ पछि सो तथ्य पत्ता लगाएको हो ।

स्रोतलाई उद्धृत गर्दै भनिएको छ, ‘आइएसआइका एजेन्टहरुले नेपालहुँदै सिंगापुर, हङकङ, दुबई र ढाकाबाट आतंकवादीहरुलाई आवश्यक रकम पठाइरहेका छन् ।’

समाचारमा आइएसआईहरुले नेपालको नेपालगञ्ज, कृष्णनगर, वीरगंज, रौतहट र सुनसरीलाई आइएसआईलाई भर्ना गर्ने र तालिम दिने केन्द्रको रुपमा प्रयोग गर्दै आएको बताइएको छ ।

भारतीय एजेन्सीहरुले नेपाल र भारतमा रहेका आइएसआइ एजेन्टहरुको नेटवर्कलाई पर्दाफास गर्न जुटिरहेको दाबी गरिएको छ ।

समाचारमा अन्य गम्भिर आरोप पनि लगाइको छ । ‘पाकिस्तानी आइएसआईले मुस्लिम युवाहरुलाई हिन्दु नाममा नेपालको पासपोर्ट दिलाएर पाकिस्तान पठाएर आतंकवादको प्रशिक्षका लागि पठाउने नयाँ रणनीति अपनाउन थालेको छ,’ समाचारमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप