बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

१० सेकेण्डमा यसरी ध्वस्त भए १९ भवन (भिडियो)

सोमबार, १० माघ २०७३, १८ : ११
सोमबार, १० माघ २०७३
वुहान – चीनमा शुक्रबार १० सेकेण्डको अन्तरालमा १९ वटा भवनलाई ध्वस्त बनाइएको छ । चिनियाँ सहर वुहानमा रहेका १२ तल्ला भएका १९ भवनवटा भवनहरुलाई नयाँ संरचना बनाउनका लागि विस्फोटक पदार्थहरु लगाएर भत्काइएको हो । त्यसक्षेत्रमा अब व्यवसायिक भवन तथा एउटा ७ सय ७ मिटर अग्लो गगनचुम्बी भवन बनाउने बताइएको छ । करिब १५ सय स्वेकर फिटमा फैलिएको ती भवनहरु विस्फोटपछि १० सेकेण्ड भित्र जमिनमा मिलेका थिए । हनाकोउ विनजियाङ स्टेट अन्तरगत रहेका उक्त भवनहरुलाई हप्तौँ अघि खाली गराइएको थियो । उक्त भवनहरु भत्काउन विभिन्न स्थानमा ५ टन बराबरको विस्फोटक पदार्थ प्रयोग गरिएको थियो । चिनियाँ एकाडमी अफ इन्जिनियरिङ वाङ सुगुआङका अनुसार चीनमा पहिलो पटक यो प्रविधिको प्रयोग गरिएको हो । यसबाट निर्माण कम्पनीको ४ महिना जोगिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप