बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

विद्युतका ठूला चोर समात्ने क्रम शुरु भयो : ऊर्जामन्त्री शर्मा

सोमबार, १० माघ २०७३, १९ : ०३
सोमबार, १० माघ २०७३

काठमाडौं – उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले बिजुली ठूला चोरहरु समात्ने क्रम शुरु भइसकेको बताएका छन् ।

अष्ट ज अभियानले राजधानीमा गरेको ‘नेपालको पानी जनताको लगानी तर कसरी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

जनतालाई १८ घण्टा लोडसेडिङमा राखेर रातारात मोटाउनेहरुको नालीबेली पत्ता लाग्दै गएको भन्दै मन्त्री शर्माले त्यस्ता चोरहरुलाई कानूनको कठघरामा ल्याएरै छाड्ने अठोट व्यक्त गरे । “हाल बिद्युत प्राधिकरणमा रहेका वा नरहेका बिजुली चोरहरु एक एक गरी समातिनेछन्, तिनलाई कुनैपनि हालतमा छाडिँदैन’ उनले भने, ‘प्राधिकरणभित्रका चोरहरुको साईनो अन्तै जोडिएको छ, त्यो क्रमश पत्ता लाग्दै गएको छ ।’

मन्त्री शर्माले बिजुलीको मिटर बटारेर कमिशन असुल्ने प्राधिकरण भित्रका भ्रष्टहरुलाई तह लगाएर मात्र चुहावट नियन्त्रणको अभियान सफल पार्न सकिने ठोकुवा गरे । ‘लोडसेडिङ हटाएपछि जनताले मलाई अब के गर्छस भनेर ठाँउ ठाँउमा सोध्ने गरेका छन, मैले भनेको छु अब बिद्युत चोरहरुलाई कार्वाहीको दायरामा ल्याउछु ।’

आइतवार मात्र नेपाल प्रहरीले बिद्युत चोरी गरेको अभियोगमा विद्युत प्राधिकरणका बहालवाल र पूर्व कर्मचारी १६ जनालाई सार्वजनिक गरेको थियो ।

आयोजना अध्ययन समय घटाइने

मन्त्री शर्माले जलविद्युत आयोजनाहरुको अध्ययन गर्ने समय अवधिलाई घटाउने गरी काम भइरहेको जानकारी दिए । ‘संभाव्यता अध्ययनमा दुई वर्ष लगाउने, डिपिआर तयार गर्न पाँच वर्ष लगाउने, अनि कहिले बन्छ आयोजना ?’ उनले भने ‘यस्ता खालका विज्ञ र इन्जीनियरहरुबाट देशको विकास संभव छैन, यसलाई सच्याउनै पर्छ ।’

अनलाईन आवदेनबाट मात्रै दश दिनभित्र साढे २ अर्बको लगानी प्रतिवद्धता आइसकेको जानकारी दिँदै मन्त्री शर्माले ३० अर्बको प्रतिवद्धता आउनासाथ कुनै नाफामुलक आयोजना शुरु गर्ने सोचाई रहेको बताए ।

नेपालमा उत्पादित विजुली कहाँ बेच्ने भनेर कतिपय विज्ञले आफुलाई हैरान पारिसकेको भन्दै उनले यस्तो खाले केटौले चिन्तनले देशको उन्नती नहुने ठोकुवा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप