बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

गोर्खाजको हकप्रद शेयर निष्कासन बिक्री प्रबन्धकमा एनआइबिएल नियुक्त

सोमबार, १० माघ २०७३, ०६ : ०४
सोमबार, १० माघ २०७३
काठमाडौँ – गोर्खाज फाइनान्सले २२ औं वार्षिक साधारण सभाबाट पारीत २ बराबर १ शेयरको हकप्रद शेयर निष्कासनका लागी एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ । उक्त सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार राई तथा एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेडको तर्फबाट महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् । फाइनान्सले प्रतिशेयर रु.१०० का दरले २८ लाख ९३ हजार ३ सय १३ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप