बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

युएईमा हुण्डी चलाउनेलाई कारवाहीको तयारी

सोमबार, १० माघ २०७३, १९ : १२
सोमबार, १० माघ २०७३
युएई - अबुधाबी स्थित नेपाली दुताबासले हुण्डी वा अन्य गैरकानुनी तवरले पैसा पठाउनेहरुको बारेमा जानकारी भएमा युएई सरकारलाई जानकारी गराउन समाजिक संजाल मार्फत सुचना जारी गरेको छ । गैर कानुनी तरिकाले पैसा पठाउने २५ वटा दोकानलाई युएई सरकारले कारबाही गरेको समाचार स्थानिय गल्फ न्युजमा छापिए पश्चात दुताबासले सामाजिक संजाल मार्फत उक्त जानकारी गराएको हो । दुबईमा ब्यापार गरी बस्ने बाङ्लादेशी नागरिकले सस्तो दरमा दुबईमा बसेर बिना स्विक्रिती उक्त कार्य गरेकोले कारबाही गरिएको समाचारमा जनाईएको छ । गत २० जनवरीको दिन दुताबासले हुण्डी बिरुद्द युएईको रसअल खैमहमा एक कार्यक्रमको आयोजना गरी सबैलाई कानुनी तवरले मात्र पैसा नेपाल पठाउन अनुरोध गरेको थियो । उक्त कार्यक्रममा द्वित्तिय सचिब बिष्णु अधिकारीले हुण्डी दण्डनीय कार्य भएको बताएकी थिईन । अबैध तरिकाले आर्जन गरेको कालो धनलाई सेतो बनाउने कार्यमा हुण्डीबाट पठाएको रकम प्रयोग हुनाले सबैले सचेत हुन उनले आग्रह गरेकी थिईन् । अधिकारीले एक कार्यपत्र प्रस्तुत गर्दै हुण्डी कार्य रोक्नको लागि हुण्डी कारोबारीलाई कारबाही गर्नु पर्ने र अनधिक्रित ब्यापार तथा सुन आयातलाई रोक्नु पर्ने बताएकी थिईन् । नेपाली दुताबासले गल्फ न्युजको उक्त समाचारलाई आफ्नो फेसबूक पेजमा शेयर गर्दै हुण्डी प्रयोग गर्नेहरुको बारेमा जानकारी भए ६००५४५५५५ मा फोन गरेर युएई सरकारलाई सुचना दिन सबैलाई आह्बान गरेको छ । हुण्डीबाट आउने रकम राष्ट्रिय आयमा गणना हुँदैन । साथै यसरी अबैध तरिकाले आउने रकम आतंककारी गतिबिधी, सुन तस्करी, हतियार खरिदबिक्री, लागु औषध अादिमा प्रयोग हुने भएकोले यसको न्युनिकरण गर्नको दुताबासले कानुनी तवरले मात्र पैसा पठाउन सबैमा अनुरोध समेत गरेको छ । युएईका लागि सिन्चुरी बैंकका प्रमुख नबिन पौडेलका अनुसार झण्डै ४० प्रतिशत रेमिटेन्स हुण्डी मार्फत हुनेगरेको अनुमान छ । धेरै नेपालीहरु उक्त कार्यमा खुलेआम रुपमा संलग्न देखिएकाले कसैले उजुरी गरेमा उनिहरुलाई कारबाही हुनेसक्ने सम्भावना रहेको जानकारहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप