बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

दुर्गम पोकली गाविसमा पहिलो किस्ता वितरण

सोमबार, १० माघ २०७३, १९ : १९
सोमबार, १० माघ २०७३

ओखलढुंगा – ओखलढुङ्गा जिल्लाको अत्यन्तै दुर्गम पोकली गाविसका घुम्ती शिविर मार्फत भुकम्प प्रभावितलाई आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम वितरण गरिएको छ ।

जिल्ल्ला प्रशासन कार्यालयले एकिकृत घुम्ती सेवा संचालन गरि सहज र सरल ढंगबाट भुकम्प प्रभावितलाई आवास निर्माणका लागि पहिलो किस्ता वापतको ५० हजार रुपैया उपलब्ध गराएको हो । राहत वितरण तथा घुम्ती सेवा कार्यक्रमको सोमबार उद्घाटन गर्दे जिल्लाका सांसदद्धय रामहरि खतिवडा र हर्कबोल राईले ७९ बर्षिय वयोवृद्ध ज्ञान प्रसाद घिमिरे र भीम प्र्रसाद घिमिरेलाई पचास हजार रुपैया हस्तान्तरण गरे । पहिलो किस्ता वापतको रकम वितरण गर्दै सांसद द्धयले आफुहरुले राजनीति भन्दा माथि उठेर नागरिकको सेवामा काम गरेको उल्लेख गर्दै सेवामा लागिरहने प्रतिवद्धता जनाए ।

सांसद रामहरि खतिवडाले सबै राजनीतिक दल तथा सबै क्षेत्रबाट भुकम्प प्रभावितका लागि एकिकृत सेवा प्रदान गरिएको बताए । उनले भुकम्प प्रभावितका नाममा छुट्याईएको रकम दुरुपयोग नभएको पनि स्पष्ट पारे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालले एकै स्थानबाट नागरिकलाई एकिकृत सेवा दिने गरि घुम्ती शिविर संचालन गरिएको बताए । पोकलीमा सुरु गरिएको घुम्ती शिविरले जिल्लाको गाम्नाङटार, टारकेराबारी, पोकली र विलन्दु गाविसका नागरिकलाई एकीकृत सेवा प्रदान गर्ने पनि उनले जानकारी दिए ।

जिल्ला सदरमुकाम बाट दुई दिनको पैदल दुरीमा रहेको सो स्थानमा संचालन भएको शिविरबाट स्थानीयले जिल्ला प्रशासन, कृषि , पशु , हुलाक, बैक , स्वास्थ्य लगायतको एकिकृत सेवा लिन सक्नेछन् । प्रशासनिक एकिकृत सेवा अन्यन्त्र संचालन भएपनि छिटो छरितो माध्यमबाट भुकम्प प्रभावितलाई आवास निर्माणको रकम वितरण गरेको यो नै पहिलो हो । यसरी एकिकृत रुपमा राहत वितरण अहिले सम्म हुन सकेको छैन । राहत वितरणसहित विभिन्न सेवाको घुम्ती शिविर तीन दिन सम्म चल्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप