बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

तीन ठूला दलले जनताका पक्षमा काम गर्न सकेनन् : विजुक्छे

सोमबार, १० माघ २०७३, १० : २२
सोमबार, १० माघ २०७३
भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले तीन ठूला दलले जनताका पक्षमा काम गर्न नसकेको बताएका छन् । पार्टीको ४३ औँ स्थापना दिवसका अवसरमा आज स्थानीय दत्तात्रयमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले अहिलेसम्म सत्तामा जाने सबै दल विदेशीकै इसारामा चलेकाले जनताका पक्षमा काम गर्न गर्न नसकेको टिप्पणी गरेका छन् । नेपालको आन्तरिक मामिलामा बाह्य शक्तिबाट हस्तक्षेप हुँदै आएको बताउँदै सांसद बिजुक्छेले यसले नेपालको सार्वभौमिकतामाथि खतरापूर्ण स्थिति ल्याउने चेतावनी दिए । सो अवसरमा सांसद एवम् नेमकिपाका विदेश विभाग प्रमुख प्रेम सुवाल, सांसद एवम् नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापा मगर, नेमकिपाका जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठलगायतले देशलाई जोगाउन युवाहरु अग्रसर हुनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप