बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

भिरमाथिबाट आएको ढुङ्गाले लागेर विद्युतगृह अवरुद्ध

सोमबार, १० माघ २०७३, १९ : २५
सोमबार, १० माघ २०७३
हुुम्ला - शनिबार भिरमाथिबाट आएको ढुङ्गाले लागेर सिमीकोटस्थित हिल्दुम जलविद्युत् गृहमा अवरोध पुगेको छ । बिजुली बत्ती नभएपछि यहाँका स्थानीय बासिन्दा सल्लाको झर्रो बाल्न बाध्य छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले ह्याक्पा खोला र दोजुङ खोलाको निरीक्षण गरी विद्युत् उत्पादन गरिने आश्वासन दिए । यसैबीच, आगलागीले ठेहे–५का घ्याङ्सिंह भण्डारी र थान भण्डारीको पूरै घर नष्ट भएको छ भने जैवीरे भण्डारी र लोब्जे भण्डारीको घरमा आंशिक क्षति पुगेको छ । नेपाली सेना, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी र स्थानीय बासिन्दाले आगलागी नियन्त्रणमा ल्याएका थिए । जिल्ला प्रहरी प्रहरी नायब उपरीक्षक कमलप्रसाद नेपालले शनिबार भएको आगलागीबाट रु ६० लाखको क्षति भएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप