बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

जर्मनी मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको मर्मत गर्न इच्छुक

सोमबार, १० माघ २०७३, १९ : ३२
सोमबार, १० माघ २०७३

काठमाडौँ - जर्मनीले मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको मर्मत एवम् पर्यटन तथा सांस्कृतिक सम्पदा संरक्षणमा चासो देखाएको छ ।

वाणिज्यमन्त्री रोमी गौचन थकालीलाई नेपालका लागि जर्मनेली राजदूत माथिया मेयेरले आज भेटी जलविद्युत् आयोजनाको मर्मतसम्भार गर्न जर्मनेली सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्रालयका उपसचिव रामकृष्ण अधिकारीले जानकारी दिए । राजदूतले जर्मनी नेपालको व्यापार, पर्यटन र सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा र स्वास्थ्यलगायत विविध क्षेत्रमा सहयोगका लागि इच्छुक रहेको पनि बताए ।

नेपाल र जर्मनीबीच पर्याप्त सम्भावना भएका व्यापार, लगानी, कृषि र पर्यटनका क्षेत्रबाट लाभ हासिल गरी दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा पनि छलफल भएको थियो ।

वाणिज्यमन्त्री थकालीले संविधान निर्माणपछि नेपालले आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने दिशामा कानुनी, नीतिगत एवम् प्रक्रियागत सुधारका क्षेत्रमा काम गरिरहेको बताएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप