बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

लन्डनका लर्ड मेयरको राष्ट्रपतिसँग शिष्टाचार भेट

सोमबार, १० माघ २०७३, १९ : ५२
सोमबार, १० माघ २०७३
काठमाडौँ - राष्ट्रिपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेका लर्ड मेयर अफ द सिटी अफ लन्डनका डा एन्ड्रयु प्रामेन नेतृत्वको प्रतिनिधिमण्डलले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेको छ । भेटमा उनीहरुबीच नेपाल र बेलायतबीचको सम्बन्धका विविध पक्षबारे विचारविमर्श भएको राष्ट्रपतिको कर्यालयले जनाएको छ । त्यस अवसरमा नेपालका लागि बेलायी राजदूत रिचर्ड मरिस, राष्ट्रपति कार्यालयका उच्च अधिकारी र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकृतको पनि सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप