बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

मोरिससका पूर्व राष्ट्रपतिले भने, ‘नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय’

मङ्गलबार, ११ माघ २०७३, १० : ०९
मङ्गलबार, ११ माघ २०७३

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोरिससका पूर्व राष्ट्रपति कासाम उत्तिमबीच भेटवार्ता भएको छ ।

मंगलवार बिहान बालुवाटारमा भएको भेटवार्तामा दुईबीच विभिन्न विषयहरुमा छलफल भएको भएको थियो ।

भेटका क्रममा पूर्व राष्ट्रपति कासामले नेपालको शान्ति प्रक्रिया मौलिकढंगले पूरा भएको तथा नयाँ राजनीतिक प्रक्रियामा नेपाल सहभागी भएकोमा सर्हाना गरेका थिए ।

उनले नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वकै लागि उदाहरणीय भएकाले यसका अनुभव अन्तराष्ट्रियरुपमै आदान प्रदान गर्न आफूहरु इच्छुक रहेको बताए ।

प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियामा अन्र्तराष्ट्रिय समुदायको सदभावप्रति आभार व्यक्त गर्दै अहिले आफूहरु प्राप्त उपलब्धी संस्थागत गर्दै संविधान कार्यान्वयनको चरणमा रहेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप