बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

केरुङबाट ल्याएको १० तोला सुन सहित एक पक्राउ

मङ्गलबार, ११ माघ २०७३, १० : ०८
मङ्गलबार, ११ माघ २०७३
काठमाडौं– रसुवाको टिमुरे–१ रसुवागढी चेकपोष्ट बाट सिन्धुपाल्चोक सिम्पालका चक्त बहादुर धमाल १० तोला ५ लाल सुन सहित पक्राउ परेका छन् । रसुवा यार्सा–९ बस्दै आएका ४६ बर्षीय धमलालाई केरुङबाट सुन लिएर आउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । टिमुरे–१ रसुवागढी प्रहरी चेकपोष्टमा सोमबार केरुङबाट नेपाल आउदै गरेका उनी सवार बा ७८ प २१३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उक्त सुन फेला परेको प्रहरीले जनाएको छ । यसैबिच नुवाकोटको ककनी–४ धन्सार बस्ने ४९ बर्षीय सुमन लामाको घरमा बिद्युत सर्ट भई सोमबार आगलागी हुदाँ उनको १६ बर्षीय छोरा बिजय लामा (अपाङ्ग) को जलेर मृत्यु भएको छ । आगलाीबाट घर पूर्णरुपमा जलेर करीव ६ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल समेत नष्ट भएको प्रहरीले जनाएको छ । स्थानियको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप