बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

प्रधान सेनापति राष्ट्रिय भलिबलमा विभागीय टिम हाबी

मङ्गलबार, ११ माघ २०७३, १० : १७
मङ्गलबार, ११ माघ २०७३

काठमाडौँ – प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको लिग चरणको खेलमा बिभागिय टिम हाबी भएका छन् ।

लगनखेलस्थित आर्मीको शारीरिक सुगठन तथा फिटनेस सेन्टरको कभर्ड हलमा भएका खेलमा साविक विजेता आर्मी, पुलिस र एपिएफले जित निकालेका छन् ।

त्यस्तै पश्चिमाञ्चलले पनि जित हात पारेको छ । दोश्रो दिनको लिग खेलमा आर्मीले मध्यपश्चिमाञ्चललाई २५–१२, २५–१५, २५–१८ को सोझो सेटमा पराजित ग¥यो । समूह ए मा रहेको आर्मीले अपराजित रहदै २ खेलबाट ६ अंक जोडेर नकाउट चरणको यात्रालाई सहज बनाएको छ ।

एपीएफले पुर्वाञ्चलमाथि ३–० को सोझो सेटमा हराए पनि तेश्रो सेटमा निकै चुनौतीको सामना गदै नतिजा आफ्नो पक्षमा पारेको थियो । एपीएफका लागि पहिलो र दोश्रो सेट २५–१७, २५–१३ ले सहज बने पनि तेस्रो सेट ३१–२९ ले कठिन बनेको थियो । साबिक उपबिजेता पुलिसले सुदुरपश्चिमलाई २५–११, २५–१४, २५–१३ को सोझो सेटमा हरायो । त्यस्तै पश्चिमाञ्चलले मध्यमाञ्चललाई २५–१९,२५–१८ र २५–१६ को सोझो सेटमा रोक्यो ।

समूह बीबाट पुलिस र पश्चिमाञ्चलले २ खेलमा अपराजित रहदै ६ अंक जोडेका छन् । प्रतियोगितामा तीन विभागीय टोली आर्मी, पुलिस, एपिएफ सहित पाँच विकास क्षेत्रको टोलीले प्रतिस्पर्धा गरिरहेको छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप